महिला साफ यु–१९ फुटबल च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा

काठमाडौँ । बङ्गलादेशमा फेब्रुअरी २ देखि ८ तारिखसम्म आयोजना हुने महिला साफ यु–१९ फुटबल च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिहीबार २३ सदस्यीय खेलाडी टोलीको घोषण गरेको हो । गोलरक्षकमा सुजता तामाङ, करुण बुढाथोकी, लीला जोशी रहेका छन । त्यस्तै रक्षकमा दिव्या यसमाली मगर, सीता रोकाया, रोजिता विष्ट, सरिताकुमारी नाथ, गङ्गा रोकाया, सिम्रन राई, माया मास्के रहेका छन् भने मिडफिल्डरमा ब्रिसना चौधरी, झुमा विश्वकर्मा, सारा बज्राचार्य, सुशीला केसी, भावना परियार, पुनम चेम्जोङ त्यस्तै स्ट्राइकरमा सेनु परियार, सुक्रिया मिया, वर्षा ओली, लीला चन्द, पूर्णिमा राई, समीक्षा मगर, सजिना स्याङ्तान रहेका छन् ।

Article Inline 2

च्याम्पियनसिपमा नेपाल, आयोजक बंगलादेशसहित भारत र भुटानबिच प्रतिस्पर्धा हुनेछ । नेपालले च्याम्पियनसिपको पहिलो खेल बङ्गलादेशसँग फेब्रुअरी २ तारिख खेल्नेछ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :