गैँडाकोट । नारायणी सामुदायिक वनले वन संरक्षण सँगै सामुदायिक उत्तरदायित्व अन्र्तगत बिभिन्न कार्यहरु गर्दै आएको छ ।
शनिबार वातावरणमैत्री उद्यानमा एक कार्यक्रम गरी गरिब विपन्न घर, शौचालय शिलन्यास, खानेपानीका धारा, स्वास्थ्य विमा कार्ड वितरण, रोटेपिङ निर्माण शिलन्यास र महिला शसक्तिकरण कार्यक्रमको समुद्घाटन गरेको छ ।
शनिबार वातावरणमैत्री उद्यानमा परम्परागत रोटेपिङको डिभिजन वन कार्यालय, नवलपुरका प्रमुख बसन्त केशव अधिकारीले शिलन्यास गर्नुभएको छ ।
यस्तै गरिव विपन्न घर निर्माण अन्र्तगत गैँडाकोट ७ का दुर्गाबहादुर राइ, दिलकुमारी भुषाल र मिना परियारका लागि घर निर्माण गर्ने भएको नारायणी सामुदायिक वन गैँडाकोटका अध्यक्ष नेत्रप्रसाद सापकोटाले बताउनुभयो । १ वटा घरलाई करिब २ लाख ५० हजार बराबरको लागत लाग्ने वनले जनाएको छ । यस्तै ३ घरका लागि गरिब विपन्न शौचालय निर्माण, ४ घरका लागि गरिव विपन्न खानेपानीधारा वितरण, ४३ जनाको स्वास्थ्य विमा लगायतका कार्यक्रम गरेको छ । वनका अध्यक्ष सापकोटाले विपन्न परिवारलाई घर, शौचालय निर्माण, रोजगार तथा आयमूलक तालिमहरू प्रदान गर्दै आएको बताउनुभयो ।
डिभिजन वन कार्यालय, नवलपुरका प्रमुख बसन्त केशव अधिकारीले सामुदायिक वनहरूले विपन्न वर्गलाई समावेश गर्दै वन व्यवस्थापनमा सशक्त बनाउने उद्देश्यका साथ काम गरेको बताउनुभयो । रोजगारी सिर्जना गर्ने काम, तालिम, स्वास्थ्य विमा तथा जैविक मल बनाएर वन समुहले बिक्रि वितरण गरी वातावरण र अर्थोपार्जन दुबै किसिमका काम गरिरहेको जानकारी दिनुभयो । समाजमा उदाहरणिय काम गरेको वन संरक्षण र उपभोक्ताको हितमा काम गरेको उहाँले बताउनुभयो ।
गैँडाकोट नगरपालिका विधायन समिति संयोजक एवं वडा सदस्य ज्ञानप्रसाद खनालले वन संरक्षण प्रबद्र्धनमा नारायणी वनले महत्त्त्वपूर्ण भुमिका खेलेको बताउनुभयो । उहाले उपभोक्तामैत्री बनेर राम्रा कामहरु गर्दै आएको बताउनुभयो
नारायणी सामुदायिक वनका निर्वमान अध्यक्ष दिनानाथ त्रिपाठीले अहिलेको समितिले सराहनिय काम गरेको बताउनुभयो । उहाँले स्वास्थ्य विमाले सहज स्वास्थ्य पहुँच पु¥याउन पनि मद्त गर्ने बताउनुभयो ।
स्वास्थ्य विमा कार्ड वितरण सँगै महिला शसक्तिकरण अन्र्तगत १ महिने वाद्यबादनको तालिम पनि सुरु भएको वनका अपाध्यक्ष धनपति सापकोटाले बताउनुभयो ।
यस्तै वन सधैँ उपभोक्तामैत्री बनेर अगाडी बढेको र सोही अनुसारका काम गर्दै जाने सचिव सिता गिरीले बताउनुभयो ।
यसरी वनले विपन्न परिवारलाई सहयोग गरेपछि उपभोक्ताहरु खुसी भएका छन् ।
सो कार्यक्रममा बिभिन्न सामुदायिक वनका अध्यक्ष एवं पदाधिकारी, सामाजिक व्यक्तित्व, बिभिन्न संघ संस्था तथा मठ मन्दिरका अध्यक्ष एवं प्रतिनिधि लगायत सामाजिक व्यक्तित्व र उपभोक्ता सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य वनका अपाध्यक्ष धनपति सापकोटाले व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण सचिव सिता गिरीले गर्नुभएको थियो ।