single head

नेपाली कांग्रेस र एमाले मिल्नुको विकल्प छैन – डा.शेखर कोइराला

single post top 1

वैशाख २२,नेपालगन्ज, । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले देश अत्यन्तै सङ्कटको अवस्थामा रहेको बताउँदै नेपाली कांग्रेस र एमाले मिल्नुको विकल्प नरहेको बताउनुभएको छ।

single p1

शनिबार बाँकेको कोहलपुरमा  नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ र प्रदेश सभा ‘क’ र ‘ख’ को  दोस्रो सम्मेलनको उद्घाटन गर्दै  नेता कोइरालाले सो बताउनुभयो  ।

single p2

नेता कोइरालाले  सरकार फेरिएसँगै नीति पनि फेरिने अवस्थाले   मुलुकमा सुशासन र समृद्धि तथा राजनीतिक स्थायित्व नहुँदा मुलुक आर्थिक अवस्थाबाट समेत कमजोर बन्दै गएको बताउँदै  मुलुकको यो अवस्था फेर्नका लागि दुई ठुला शक्ति काँग्रेस र एमाले मिल्नुको विकल्प नभएको बताउनुभयो ।

उहाँले अहिलेको अवस्था चिर्न निर्वाचन प्रणाली फेर्नु पर्नेमा विशेष जोड दिनुभयो  । ‘अहिलेको मिश्रित निर्वाचन प्रणालीका कारण कसैको पनि बहुमत पुग्ने अवस्था हुँदैन जबसम्म बहुमत पुग्दैन सरकार बनाउन असम्भव छ’, उहाँले भन्नुभयो, ‘काँग्रेस र एमाले मिल्ने हो भने करिब दुई तिहाइ पुग्छ र निर्वाचन प्रणाली फेर्न सकिन्छ । त्यसका लागि पनि दुई शक्ति एक हुनु जरुरी छ ।’

सहकारी ठगीको विषय संसदमा प्रवेश पाइसकेकाले संसदीय छानबिन समिति नबनेसम्म काँग्रेसले आफ्नो अडानबाट पछि नहट्ने पनि  उहाँले प्रष्ट पार्नुभयो ।

अबको चुनावमा गठबन्धन नहुने भएकाले एक ढिक्का हुन कांग्रेस कार्यकर्तालाई  नेता कोइरालाले निर्देशन दिनुभयो।

उहाँले पार्टीको आन्तरिक प्रतिस्पर्धामा गुटउपगुट हुनु स्वाभाविक भए पनि आमनिर्वाचनमा टिकट जसले पाएपनि उसलाई जिताउनु सम्पूर्ण कार्यकर्ताको दायित्व भएको बताउनुभयो।

 

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3