single head

नमुना शिवनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको दशौँ बार्षिक साधारणसभा सम्पन्न

single post top 1

बैशाख १६, गैडाकोट । नमुना शिवनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको दशौँ बार्षिक साधारणसभा शनिबार गैंडाकोटमा सम्पन्न भएको छ।

single p1

single p2

संस्थाका अध्यक्ष जयराम कडेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि गैंडाकोट नगरपालिका नगरप्रमुख मदनभक्त अधिकारी रहनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि अधिकारीले खानेपानीको अभावमा खानेपानीको आपूर्तिलाई अगाडि बढाउनको लागि अब बेलैमा सोचिएन भने जमिनमुनिका मुहानहरू सुकेर पानी ननिस्कन सक्छ यसको लागि तरङ्गे खोला, नारायणी नदी, कालीगण्डकीबाट पानीलाई व्यवस्थापन गरेर ल्याउने हो भने सिङ्गो गैंडाकोटलाई पानी खुवाउन सकिने बताउनु भयो ।

त्यस्तै कार्यक्रममा बोल्दै उपप्रमुख शान्ति कोइरालाले भन्नुभयो महिला दिदीबहिनीहरूले पहिला धेरै टाढा टाढाबाट पानी ल्याउनुपर्ने बाध्यता थियो तर अहिले भने खानेपानी संस्थाको कारण महिला दिदीबहिनीहरूले त्यो समयलाई छुट्याएर सामाजिक काममा लगाउन सक्नुभएको छ।

त्यस्तै कार्यक्रममा बोल्दै गैंडाकोट नगरपालिकाका संस्थापक नगरप्रमुख छत्रराज पौडेलले विश्वेश्वर प्रसाद कोइराला ,कृष्णप्रसाद भट्टराई ,मनमोहन अधिकारी ,मदन भण्डारीको नीतिलाई अगाडि बढाएको भए अहिले हामी खाद्यान्न आयात होइन निर्यात गर्थ्यो त्यसैगरी अरवियन मुलुकले तेल बेचेर सम्पन्न भएजस्तै हामी पानी बेचेर सम्पन्न हुने बताउनुभयो ।

संस्थाको दशौँ साधारणसभामा संस्थाका संस्थापक अध्यक्ष शालिग्राम सापकोटा , गैंडाकोट खानेपानी बोर्डका अध्यक्ष विष्णुप्रसाद सापकोटा, गैडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सचिव केशव पौडेल,  लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा प्रगति प्रतिवेदन संस्थाका सचिव प्रकाश भुसालले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष कुशल अधिकारीले प्रस्तुत गर्नुभएको थियो। त्यस्तै लेखा सुपरिक्षण समितिको प्रतिवेदन संयोजक ईन्द्रमणि चालिसे ले प्रस्तुत गर्नुभएको थियो। त्यस्तै कार्यक्रममा खानेपानी सुरक्षा उपसमितिको प्रतिवेदन संयोजक लक्ष्मीप्रसाद कंडेलले प्रस्तुत गर्नुभएको थियो।
संस्थाका उपाध्यक्ष जोकमाया सुनारी मगरले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रमको सहजीकरण संस्थाका सचिव प्रकाश भुसालले गर्नुभएको थियो।

 

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3