single head

गैँडाकोट र देवचुलीको लागत साझेदारीमा दमकल सेवा सुरु

single post top 1

नवलपुर । आगलागी तथा विपद्का घटनामा नागरिकको सुरक्षा र उद्धार कार्यलाई प्रभावकारी बनाउन गैँडाकोट नगरपालिका र देवचुली नगरपालिकाको लागत साझेदारीमा दमकल (बारुणयन्त्र) सेवा सुरु गरिएको छ। दुवै नगरपालिकाको साझेदारीमा सञ्चालन भएकोे दमकल सेवाले आगलागी, विपद् तथा अन्य आपत्कालीन अवस्थामा तत्काल उद्धार तथा आगो नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

single p1

स्थानीयस्तरमै दमकल सेवा उपलब्ध भएपछि आगलागी तथा विपद्का घटनामा छिटो प्रतिक्रिया जनाउन र सम्भावित क्षति न्यूनीकरण गर्न सहज हुने गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले बताउनुभयो्। उहाँले करिब १ करोड लागत रहेको दमकलका लागि गैँडाकोट नगरपालिकाको ७० लाख र देवचुली नगरपालिकाको ३० लाख लागतमा सेवा सोमबारदेखि सेवा सुरु भएको विजय एफएमसँग कुराकानी गर्दै बताउनुभएको छ ।

single p2

गैँडाकोट नगरपालिकाका २ जना नगर प्रहरीलाई तालिम प्रदान गरिएको, आगलागी नियन्त्रणमा शसस्त्रको पनि सहयोग लिइने उहाँले बताउनुभयो । अहिले शसस्त्र प्रहरी क्यापमा दमकल राखिएको र दमकल घर बनाउने निर्णय भएको नगरप्रमुख अधिकारीले जानकारी दिनुभयो ।

दमकल सेवा आवश्यक परेमा ९८५७०००२०० नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ। स्थानीयस्तरमा विपद् व्यवस्थापन तथा आपत्कालीन सेवा थप प्रभावकारी बनाउन दुई नगरपालिकाबीचको लागत साझेदारी महत्वपूर्ण हुने गैँडाकोट नगरपालिकाका  नगर उपप्रमुख शान्ति कोइरालाले बताउनुभयो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3