single head

गैंडाकोट नगरपालिकाको सम्पदा संरक्षण तथा सम्बर्द्धनबारे अन्तरक्रिया सम्पन्न

single post top 1

गैंडाकोट (गोविन्द रिमाल)। गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठानले आफ्नो प्राज्ञ सभाको अवसर पारेर गैंडाकोट नगरपालिकाको सम्पदा संरक्षण तथा सम्बर्द्धनबारे अवधारणा पत्र प्रस्तुति तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।नगर प्रज्ञा प्रतिष्ठानका कुलपति गोविन्द विनोदीको अध्यक्षता रहेको सो कार्यक्रममा डा। मतिप्रसाद ढकालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे । दुई चरणमा सन्चालित सो प्राज्ञ सभाको औपचारिक सत्रमा गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारी प्रमुख अतिथि हुनुहुन्थ्यो ।

single p1

कार्यक्रममा उपप्रमुख शान्ति कोइराला, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादे, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख खेमप्रसाद आचार्यलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे । कार्यपालिका सदस्य शान्ति न्यौपाने, जनक नमुना माविका अध्यक्ष गोविन्द घिमिरे, प्रधानाध्यापक बुद्धिसागर पण्डितलगायत प्राज्ञ सदस्यहरूको उपस्थिति रहेको सो सभामा नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति भीमप्रसाद शर्माको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रमको सहजीकरण सदस्य सचिव रामप्रसाद अधिकारीले गर्नुभएको थियो ।

single p2

प्राज्ञ सभाले संशोधनसहित विभिन्न १४ ओटा कार्यक्रमहरू आर्थिक वर्ष २०८३र८४ का लागि तय गरेको छ । जसमा गैंडाकोटव्यापी माध्यमिक विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, गैंडाकोट नगरपालिकाको सांस्कृतिक तथा पुरातात्त्विक अवस्थासम्बन्धी अनुसन्धानात्मक अध्ययन प्रतिवेदन प्रकाशन, गण्डकी प्रदेशस्तरीय कविता प्रतियोगिता, स्थानीय संघ–संस्थासँगको सहकार्यमा विद्यालयस्तरीय कविता प्रतियोगिता, विभिन्न दिवससम्बन्धी कार्यक्रमको आयोजना, नेपाली भाषा प्रशिक्षण कार्यक्रम, मध्य नेपालस्तरीय चित्रकला प्रदर्शनी, स्थानीय संघ–संस्थासँगको सहकार्यमा विद्यालयस्तरीय चित्रकला प्रतियोगिता, गैंडाकोट प्रज्ञा पुरस्कार, पाण्डुलिपि प्रकाशन अनुदान, अध्ययन तथा अवलोकन भ्रमण र कार्यालय सञ्चालन एवं व्यवस्थापन का लाषि खर्चका लागि कुल रु। २०लाखको अनुमानित बजेट प्रस्ताव गरिएको जानकारी सदस्य सचिव रामप्रसाद अधिकारीले दिनुभयो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3