single head

बालबालिकाहरुको प्रतिभा पहिचान तथा प्रस्तुतिकरण कार्यक्रम गैंडाकोटमा सम्पन्न

single post top 1

गैंडाकोट। गैंडाकोट नगरपालिका वडा नं ७ का बालबालिकाहरुको प्रतिभा पहिचान तथा प्रस्तुतिकरण कार्यक्रम आइतबार हरिहर मन्दिर गैंडाकोट ७ को परिसरमा सम्पन्न भएको छ । सो कार्यक्रम वडा कार्यालय गैंडाकोट वडा नं ७ को आयोजना तथा हरिहर बाल क्लबको सहजीकरणमा सम्पन्न भएको हो ।
गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले बालबालिकाहरुको प्रतिभा पहिचान कार्यक्रमले बालबालिकाको क्षमता विकासमा सहयोग पुर्याउने हुँदा यस्ता कार्यक्रमलाई नगरपालिकाले पनि प्राथमिकतामा राख्ने कुरा व्यक्त गर्नुभयो । साथै उहाँले आफ्नो प्रतिभालाई अझै निखार्दै जानका लागि बालबालिकाहरुलाई अनुरोध गर्नुभयो ।

single p1

प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले गैंडाकोट नगरपालिकालाई छिट्टै बालमैत्री नगरपालिकाको रुपमा घोषणा गर्ने प्रक्रियामा रहेको हुँदा बालमैत्री नगर निर्माण बाल बालिकाको सर्वाङ्गीण विकासमा सहयोग पुग्ने कुरा व्यक्त गर्नुभयो । गैंडाकोट वडा नं ७ ले बालबालिकाको प्रतिभा पहिचान कार्यक्रम आयोजना गरी बालमैत्री अभियानको शुभारम्भ गरेको मा धन्यवाद व्यक्त गर्नुभयो ।

single p2


वडा नं ७ का वडा अध्यक्ष होमनाथ सापकोटाले हाम्रो वडामा प्रतिभावान बालबालिकाहरुको प्रतिभालाई उजागार गर्न पाउँदा खुशी लागेको कुरा व्यक्त गर्नुभयो ।साथै उहाँले बालमैत्री अभियान कार्यक्रमलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षमा पनि कार्य गर्ने कुरामा प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बाल संरक्षण समितिका सदस्य जगन्नाथ उपाध्यायले बालबालिकाको समग्र विकासका लागि अभिभावक वा संरक्षकहरुले वातावरण मिलाइदिनु पर्ने हुँदा हामीले बालबालिकालाई भविष्यका कर्णधार मात्र होइन वर्तमानका साझेदार पनि बनाउनुपर्ने कुरा व्यक्त गर्नुभयो ।
सो प्रतिभा पहिचान कार्यक्रममा बालबालिकाहरुले विभिन्न विधामा आ आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए । सोही अबसरमा आयोजित खुला एकल नृत्य प्रतियोगितामा रिश्मा सुनारले प्रथम स्थान, रेनिशा वि.कले द्वितीय स्थान, रितु सापकोटाले तृतिय स्थान हासिल गर्नुभएको छ । नृत्य प्रतियोगितामा वडा भित्रका ६० जना बालबालिकाले भाग लिएका थिए । नृत्य प्रतियोगिताको निर्णायक संयोजकको रुपमा शत्रुध्न गिरी रहनुभएको थियो ।

त्यसैगरी नेपाली हस्तलेखन प्रतियोगितामा कालिका नमुना माध्यमिक विद्यालयबाट सहभागी विन्ध्या भुसालले प्रथम स्थान, गैंडाकोट इङ्लिस स्कूलका सुशान्त पौडेलले द्वितीय स्थान र कालिका नमुना मा.विका सोया राना मगरले तृतिय स्थान हासिल गर्नुभएको छ । हस्तलेखन प्रतियोगिताको निर्णायक संयोजकमा खेमराज जोशी रहनुभएको थियो ।

त्यसैगरी चित्रकला प्रतियोगितामा आधारभूत तह (कक्षा १–५) तर्फ नारायणी माध्यमिक विद्यालयबाट सहभागी रागिनी परियारले प्रथम स्थान, कालिका नमुना मा.विका हरपल परियारले द्वितिय स्थान, त्रिमूर्ति विद्यामन्दिरका सुप्रेम श्रेष्ठले तृतिय स्थान र कालिका नमुना मा.विका शान्ति दराईले सान्त्वना स्थान हासिल गर्नुभएको छ ।

चित्रकला प्रतियोगितामा आधारभूत तह (कक्षा ६–१०) तर्फ कालिका नमुना मा.विका उज्वल कंडेलले प्रथम स्थान, कन्टिनेन्टल इङ्लिस बोर्डिङ स्कूलका आगमन पौडेलले द्वितीय स्थान, गैंडाकोट इङ्लिस स्कूलका समिप भूसाले तृतिय स्थान, विजय सामुदायिक शिक्षा सदनका प्रतिक सापकोटाले सान्त्वना स्थान हासिल गर्नुभएको छ । चित्रकला प्रतियोगिताको निर्णायक संयोजकमा गैंडाकोट प्रज्ञा प्रतिष्ठानका उपकुलपति भिम शर्मा रहनुभएको थियो । चित्रकलाको विषय मेरो विद्यालय बालमैत्री विद्यालय रहेको थियो। चित्रकला प्रतियोगितामा ५० जना बालबालिकाको सहभागिता रहेको थियो ।

त्यसैगरी वक्तृत्वकला प्रतियोगितामा आश्रिया पौडेलले प्रथम स्थान, प्रतिक सापकोटाले द्वितीय स्थान, आरुसी चापागाईंले तृतीय स्थान प्राप्त गर्नुभएको छ । वक्तृत्वकला प्रतियोगिताको निर्णायक संयोजकमा बाल संरक्षण समितिका सदस्य जगन्न्नथ उपाध्याय रहनुभएको थियो । सो प्रतिभा पहिचान कार्यक्रम शिक्षक तथा सामाजिक व्यक्तित्व भानुभक्त सापकोटा र दयाराम पौडेलले गर्नुभएको थियो । हरिहर बाल क्लबका सचिव अंकित पौडेल र कोषाध्यक्ष अनु पौडेलले सहजीकरण गर्नुभएको सो कार्यक्रम क्लब अध्यक्ष स्वीकृति घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3