गैँडाकोट । गैँडाकोट–८ स्थित कालिका मन्दिर–कालिका आश्रमको ५०औँ वार्षिक उत्सवको अवसरमा मङ्गलबार अन्तर महिला समूहगत वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा १० वटा समूहको सहभागिता रहेको थियो ।प्रतियोगितामा सिद्धिविनायक महिला समूह प्रथम, नवविजय महिला समूह द्वितीय, भानुअग्रसर महिला समूह तृतीय तथा मातृभूमि महिला समूहले सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् ।
त्यस्तै, चैत ११ गते २४ घण्टे अखण्ड श्रीहरिनाम सङ्कीर्तन, चैत १२ गते स्वर्णमहोत्सव मूल समारोह कार्यक्रम तथा चैत १३ गते पूर्णाहुति हवन कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ ।







