single head

नेपाली कांग्रेस गैंडाकोट वडा नं ४ मा बृहत् वडा भेला सम्पन्न

single post top 1

गैंडाकोट । नेपाली कांग्रेस नगरकार्य समितिको निर्णयअनुसार नगरका १८ वटै वडामा वार्षिक भेला र वडा सम्मेलन गर्ने तयारी अन्तर्गत मङ्गलबार गैंडाकोट वडा नं ४ मा बृहत् वडा भेला सम्पन्न भएको छ ।

single p1

कार्यवाहक सभापति रामचन्द्र घिमिरेको अध्यक्षतामा सम्पन्न भेलामा क्षेत्रीय प्रतिनिधि, वडा कार्यसमिति सदस्य, टोल सभापति, भातृसंघका पदाधिकारी तथा जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो ।

single p2

कार्यक्रममा नगर सचिव गोविन्द घिमिरेले पार्टीको संगठन सुदृढ बनाउन वडा स्तरीय विभिन्न समितिहरू गठन गर्ने आवश्यकता औंल्याउँदै नागरिकका सुख–दुःखमा काँग्रेस सधैं साथमा रहने विश्वास दिलाउनुभयो। उहाँले “झुटो प्रचारमा नलागी, विकास र सुशासन काँग्रेसकै पालामा सम्भव हुन्छ” भन्ने विश्वास दिलाउनुभयो ।

भेलामा पूर्व जिल्ला सल्लाहकार टोलनाथ घिमिरे, महाधिवेशन प्रतिनिधि संगीता घिमिरे, पूर्व जिल्ला सदस्य कमल पराजुली र कमला तिवारी, वडा अध्यक्ष तेजप्रसाद घिमिरे, पूर्व वडाध्यक्ष कृष्ण न्यौपाने, महिला संघ सभापति लक्ष्मी पोखरेल, शुभश्री टोल कार्यसमिति सभापति ढुण्डिराज रिमाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

भेलाबाट ६ वटा उपसमिति गठन गरिएको छ जसमा वडा सम्मेलन तयारी उपसमिति संयोजकमा रामचन्द्र घिमिरे, महिला समन्वय तथा परिचालन समिति संयोजकमा संगीता पण्डित घिमिरे, घरदैलो अभियान उपसमिति संयोजकमा दामोदर तिवारी, सामाजिक सञ्जाल परिचालन उपसमिति संयोजकमा रोशन दर्लामी मगर, खेलकुद तथा सांस्कृतिक उपसमिति संयोजकमा प्रकाश पौडेल र भातृ संघ तथा युवा परिचालन उपसमितिमा संयोजक पदम रानाभाट रहनुभएको छ । कार्यक्रमको सहजीकरण वडा सहसचिव प्रदीप तिवारीले गर्नुभएको थियो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3