गैँडाकोट । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २५ उपसचिव र ४४ शाखा अधिकृतको सरुवा गरेको छ ।
केही दिन देखि मन्त्रालयको आसपास सरुवाको माग गर्दै सयौँ कर्मचारी लामवद्ध थिए । ती मध्ये केहीलाई मात्र सरुवा गरिएको छ । यी मध्ये कतिपय स्थानीय तहमा कार्यकारी भएका छन् भने कतिपय तानिएका छन् ।
त्यस्तै, गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २५ जना उपसचिवहरूको सरुवा गर्ने निर्णयअनुसार खनालको सरुवा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा गरिएको हो । आफ्नो कार्यकालमा उहाँले नगरपालिकालाई व्यवस्थित, पारदर्शी र सेवा प्रभावकारी बनाउँदै उत्कृष्ट नगरपालिका बनाउने दिशामा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । खनाल विगत दुई वर्षदेखि गैँडाकोट नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत हुनुहुन्थ्यो । खनालको सरुवा भएसँगै गैंडाकोट नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा रामचन्द्र लामगादे आउने हुनुभएको छ ।