काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि ३७ खेलाडी अनुबन्ध गर्न मिनि अक्सन शनिबार सम्पन्न भएको छ। ८ वटा टोलीले ३७ जना खेलाडी अनुबन्ध गर्दा २ करोड १५ लाख ५० हजार रुपैयाँ खर्च गरेका छन्।
अक्सनमा सबैभन्दा बढी चितवन राइनोजले खर्च गर्दा पोखराले ११ लाख रुपैयाँ मात्रै खर्चिएको छ। विराटनगर किङ्सले अक्सनमा ५ खेलाडीका लागि २७ लाख खर्च गरेको छ। जनकपुरले १६ लाख ५० हजार रुपैयाँमा ४ जना खेलाडी भित्र्याएको छ। चितवनले ३९ लाख रुपैयाँ खर्च गरेर ५ जना खेलाडी अनुबन्ध गर्यो। उसले देव खनाल र अर्जुन साउदका लागि समान १५ लाख रुपैयाँ तिर्यो।
काठमाण्डू गोर्खाजले ३७ लाख खर्च गरेको छ। आदिल आलमलाई ८ वटै टोलीले १५ लाख तिर्न तयार भए पनि काठमाण्डू भाग्यमानी बन्यो। सबैभन्दा कम पोखरा एभेन्जर्सले ११ लाख रुपैयाँ मात्रै खर्च गरेको छ। अर्जुन कुमाललाई ५ लाख रुपैयाँ तिरेको पोखराले बाँकी ३ खेलाडी २ लाख रुपैयाँको दरमा भित्र्याएको हो।लुम्बिनी लायन्सले दीलिप नाथ र शेर मल्ललाई समान १० लाख तिर्दा ३२ लाख रुपैयाँ अक्सनमा खर्च गरेको छ।
कर्णाली याक्सले २९ लाख रुपैयाँमा चार जना खेलाडी भित्र्याएको छ। पवन सर्राफका लागि १५ लाख र युवराज खत्रीका लागि अधिकतम मूल्य १० लाखमा गोलाप्रथाबाट अनुबन्ध गर्न सफल हुँदा बाँकी २ खेलाडी ४ लाखमा अनुबन्ध गर्यो। सूदुरपश्चिम रोइलसले हेमन्त धामीलाई १० लाख रुपैयाँमा भित्र्याउँदा अरु दुई खेलाडढीलाई समान ५ लाख र अरु २ लाई समान २ लाखमा अनुबन्ध गर्दा २४ लाख रुपैयाँ खर्च गरेको छ।
कुन खेलाडी कति मूल्यमा अनुबन्ध भए ?
विराटनगर किङ्स
सूर्य तामाङ (१० लाख)
साहील पटेल (५ लाख)
नारायण जोशी (५ लाख)
शंकर राणा (५ लाख)
श्रवण किस्कु (२ लाख)
जनकपुर बोल्ट्स
सचिन भट्ट (२ लाख)
मयन यादव (७ लाख ५० हजार)
आदित्य महता (५ लाख)
विकास आग्री (२ लाख)
चितवन राइनोज
देव खनाल (१५ लाख)
अर्जुन साउद(१५ लाख)
विपिन रावल (५ लाख)
विपिन आचार्य (२ लाख)
रन्जित कुमार (२ लाख)
काठमाण्डु गोर्खाज
मोहमद आदिल आलम (१५ लाख)
सन्तोष यादव (१० लाख)
आकाश त्रिपाठी (७ लाख)
उत्तम थापा मगर (३ लाख)
तुलबहादुर थापा (२ लाख)
पोखरा एभेन्जर्स
कृष्ण पौडेल (२ लाख)
अभिशेष तिवारी (२ लाख)
अर्जुन कुमाल (५ लाख)
सन्दीपकुमार खत्री क्षेत्री (२ लाख)
लुम्बिनी लायन्स
दिलीप नाथ (१० लाख)
शेर मल्ल (१० लाख)
विशाल पटेल (५ लाख)
दुर्गेश गुप्ता (५ लाख)
आदिल खान (२ लाख)
कर्णाली याक्स
पवन सर्राफ (१५ लाख)
युवराज खत्री (१० लाख)
दीपक डुम्रे (२ लाख)
इमरान शेख (२ लाख)
सुदूरपश्चिम रोयल्स
हेमन्त धामी ( १० लाख)
दीपेन्द्र थापा (२ लाख)
टेकबहादुर रावत (२ लाख)
दीपक बोहरा (५ लाख)
मिलन बोहरा (५ लाख)