single head

पछिल्लाे एक हप्तामा नयाँ २६० जनामा डेङ्गु सङ्क्रमण पुष्टि / सङ्क्रमितको सङ्ख्या तीन हजार ८११ पुग्याे

single post top 1

भदौ १८,काठमाडौँ । पछिल्लाे एक हप्तामा नयाँ २६० जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो एक हप्तामा २६० जनामा डेङ्गु पुष्टि भएसँगै डेङ्गु सङ्क्रमितको सङ्ख्या तीन हजार ८११ पुगेको छ । हालसम्म  दुई जना डेङ्गु सङ्क्रमितको मृत्यु भएको छ ।

single p1

महाशाखा अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालका अनुसार हालसम्म ७४ वटा जिल्लाबाट डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । दाहालका अनुसार हालसम्म डोल्पा, हुम्ला र मनाङ जिल्लामा डेङ्गु सङ्क्रमण पुष्टि भएको रिपोर्ट आएको छैन । डेङ्गु सङ्क्रमण सबैभन्दा बढी गण्डकी प्रदेशमा पुष्टि भएको छ।

single p2

गण्डकी प्रदेशमा एक हजार ३८ जनामा डेङ्गु पुष्टि भएको छ। त्यसैगरी बागमतीमा ७९६, कोशीमा ६३५, लुम्बिनीमा ६७०, सुदूरपश्चिममा ४४७, कर्णालीमा १४८ र मधेशमा ७७ जनामा डेङ्गु पुष्टि भएको छ ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार डेङ्गु रोग एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ। एडिज जातका लामखुट्टे सफा पानी जम्मा भएको जुनसुकै भाँडोमा हुर्कन सक्छ ।  चिकित्सकका अनुसार असाध्य शरीर दुख्ने, खाना खान मन नलाग्ने, पखाला लाग्ने डेङ्गुका प्रमुख लक्षण हुन्। त्योबाहेक, उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी, आँखाको गेडी, टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु वा वान्ता हुनेजस्ता लक्षण देखिन्छ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3