जेठ ४, गैडाकोट । नवलपरासि पुर्व गैडाकोटमा जारि सातौ उपमेयर कप अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगितामा आईतवार चार खेल सम्पन्न भएको छ ।
गैडाकोट नगरपालिका नगर खेलकुद विकास समितिकोे आयोजनामा गैडाकोट नगरपालिका वडा नं ११ भेडावारि खेलमैदानमा भएको खेलमा बिजय सामुदायिक शिक्षा सदन , बालज्योति आधारभुत बिद्यालय ,स्मल हार्ट एकेडमि र रत्नराज्य लक्ष्मी माबि बिजयी भएका छन् ।
आज भएको पहिलो खेलमा बिजय सामुदायिक शिक्षा सदन बिजयी भएको हो । बिजय सामुदायिक शिक्षा सदनले गैडाकोट नमुना माबिलाई ० का बिरुद्ध ५ गोल गदै बिजयी भएको हो । बिजय सामुदायिकका तर्फ बाट ईशाना न्यूरेले ह्याट्रिक गदै ४ गोल गरिन भने रोशिका खत्रीले १ गोल गरिन । खेलको प्लेयर अफ द म्याच ईशाना न्यूरे भएकी छन् ।
तेस्तै दोस्रो खेलमा बालज्योति आधारभुत बिद्यालय बिजयी भएको छ । बालज्योति आधारभुत बिद्यालयले जनक नमुना माबिलाई २ का बिरुद्ध ४ गोल गदै बिजयी भएको हो । जनक नमुना माविको तर्फबाट सुधा परियारले र शृष्टि रामपालीले १/१ गोल गरे भने बाल ज्योतिको तर्फ बाट मिना चित्रौरेले २ गोल , अधिरुता ठाडामगरले १ गोल र जस्मिन ग्रान्जामगरले १ गोल गरेकि हुन् । खेलको प्लेयर अफ द म्याच बाल ज्योतिकी मिना चित्रौरे भएकी छन् ।
तेस्रो खेलमा स्मल हार्ट एकेडमिले सरस्वती निकेतन स्कुललाई ० का बिरुद्ध १ गोल गदै बिजयी भएको हो । स्मल हार्ट एकेडमिको तर्फ बाट सृष्ठी थापाले १ गोल गरेकी हुन । खेलको प्लेयर अफ द म्याच स्मल हार्ट एकेडमिकी सृष्ठी थापा भएकी छन् ।
तेस्तै अक्सफोर्ड सेकेन्डरि स्कुल र रत्नराज्य लक्ष्मी माबि बीचको प्रतिस्पर्धामा अक्सफोर्ड सेकेन्डरि स्कुल उपस्थित नभएपछि वाक ओभर पाउदै रत्नराज्य लक्ष्मी माबि बिजयी भएको नगर खेलकुद विकास समितिका सदस्य एवं प्रतियोगिताको संयोजक डिलकुमारि घिमिरेले जानकारी दिनुभयो ।
यसै बिच भोली सोमवार पहिलो खेल अमर ईङ्गिलस स्कुल र ज्ञानकुञ्ज ईङ्गिलस स्कुल , दोस्रो खेल कालिका नमुना माबि र कन्टीनेन्टल बोडिङ्ग स्कुल , तेस्रो खेल नेपाल राष्ट्रीय शम्शेर माबि र सुर्योदय बिद्या मन्दिर ,चौथो खेल नारायणी आधारभुत बिद्यालय र अमरज्योति माबि बीच प्रतिष्पर्धा हुने एम्पायर प्रशान्त रेग्मीले बताउनु भयो ।
प्रतियोगितामा उपाधि विजेताले नगद ५१ हजार रुपैया, शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेताले नगद ३५ हजार रुपैया, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
त्यसैगरी सान्त्वना स्थान हाँसिल गर्ने २ वटा टिमलाई नगद १७/१७ हजार रुपैँया प्रदान गरिने छ । त्यस्तै बेष्ट गोलकिपर, बेष्ट मिडफिल्डर,बेष्ट डिफेन्स,बेष्ट प्लेयर, बेष्ट स्ट्राइकर ,सर्बाधिक गोल कर्ता र प्लेयर अफ दि म्याचलाई समेत नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा गैडाकोटमा रहेका सामुदायिक र संस्थागत गरि १९ वटा विद्यालयहरुले भाग लिएका छन । जेष्ठ ३ गते देखि ७ गतेसम्म संचालन हुने प्रतियोगितामा ४ लाख पचास हजार खर्च हुने अनुमान आयोजकको रहेको छ । गैडाकोट १० मा रहेको सुनगाभा युवा क्लब सह–आयोजक भएको प्रतियोगितामा सहभागि प्रत्येक खेलाडिलाई रु एक लाख बराबरको बिमा समेत गरिएको छ ।