single head

डिजिटल नेपाल फ्रेमवर्क २.० सोह्रौँ योजनासँग अनुकूलन हुनेगरी तयार गरिएको – सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ

single post top 1

जेठ २ ,काठमाडौँ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘डिजिटल फ्रेमवर्क’को उद्देश्य पूरा गर्न डिजिटल साक्षरता अनिवार्य हुनुपर्ने बताउनुभएको छ ।

single p1

क्यान फेडरेसनले आयोजना गरेको ‘मल्टि स्टेकहोल्डर डिस्कसन अन डिजिटल नेपाल फ्रेमवर्क २.० एन्ड वे फर्वाड’ कार्यक्रममा बोल्दै मन्त्री गुरुङले नागरिक एप सञ्चालनमा आए पनि प्रयोग गर्ने साक्षरतामा कमी रहेको बताउनुभयो । “डिजिटल फे्रमवर्क साकार पार्न डिजिटल साक्षरता आवश्यक छ, हामीले साक्षरता पनि सँगै लैजानुपर्छ”, मन्त्री गुरुङले भन्नुभयो ।

single p2

उहाँले डिजिटल पूर्वाधार निर्माण र आवश्यक नीति बनाउने मुख्य दायित्वसमेत सरकारको रहेको प्रष्ट पार्नुभयो । नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङका अनुसार डिजिटल नेपाल फ्रेमवर्क २.० सोह्रौँ योजनासँग समेत अनुकूलन हुनेगरी तयार गरिएको र यसले डिजिटल आधारस्तम्भलाई जोड दिई कनेक्टिभिटी, प्राविधिक सीप, डाटा एकीकरण र साइबर सुरक्षाजस्ता आधारभूत पक्षहरूलाई सुदृढ बनाउने लक्ष्य लिएको मन्त्री गुरुङले उल्लेख गर्नुभयो ।

सञ्चारसचिव राधिका अर्यालले सरकारको पहिलो डिजिटल फ्रेमवर्कको अनुभवले सुधार गर्दै डिजिटल फेमवर्क २.० मस्यौदा तयार पारिएको बताउनुभयो । निजी क्षेत्रले आवश्यक सुझाव दिन पनि उहाँले आग्रह गर्नुभयो ।

क्यान फेडरेसनका अध्यक्ष सुनैना घिमिरे पाण्डेले अबको युग डिजिटल युग भएकाले सरकारले यस क्षेत्रलाई नीतिगतसँगै आर्थिक लगानीको प्राथमिकतामा जोड दिनुपर्ने बताउनुभयो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3