spot_img

Sunday, May 18, 2025

स्रष्टा गणेशप्रसाद लाठको संस्मरणसङ्ग्रह `सीमान्त सम्झना´माथि विमर्श

जेठ ३ गैंडाकोट ।  स्रष्टा गणेशप्रसाद लाठको संस्मरणसङ्ग्रह `सीमान्त सम्झना´को विमर्श गरिएको छ ।

शनिबार अक्षर समूह चितवनको आयोजनामा गणेशप्रसाद लाठको संस्मरणसङ्ग्रह `सीमान्त सम्झना´को विमर्श कार्यक्रम सम्पन्न भएको छ ।

समूहका अध्यक्ष लेखराम सापकोटाको अध्यक्षतामा गैंडाकोटस्थित द नारायणी रिसोर्टमा सम्पन्न सो कार्यक्रममा साहित्यकार भूपीनले कृतिमाथि चर्चा गर्नुभएको थियोे । कार्यक्रमको दोस्रो चरणमा साहित्यकार सुरेन्द्र अस्तफलको सहजीकरणमा स्रष्टा शान्ति शर्मा र उदय अधिकारीसँगको अन्तरक्रियामा सीमान्त सम्झनाका कृतिकारलाई साक्षात्कार गरिएको थियो ।

गणेश लाठको तेस्रो कृति “सीमान्त सम्झना” संस्मरणात्मक कृतिको रूपमा बजारमा आएको छ । कृतिकारले नेपाली मारवाडी समुदायको प्रतिनिधित्व गर्छन् । कृतिले विरगन्जका सिमान्तकृत समुदाय, त्यहाँको प्रचलन वेशभूषा र संस्कारलाई उठान गरिएको छ । सरल, सुबोध्य र सुमधुर शैलीमा कृतिकारले बाल्यकालीन स्मृतिलाई सपाठ उतार्नुभएको छ ।

विरगञ्जको पुरानो इतिहास कृतिमा समाविष्ट रहेको छ । लेखकले आफूसँगै जन्मस्थान (विरगञ्ज)को कथा लेखेको बताएका छन् ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार