spot_img

Friday, November 14, 2025

आईपीएलका बाकी खेलहरु जेठ ३ गतेदेखि सुरु हुने /फाइनल खेल जेठ २० गते

काठमाडौं । भारत–पाकिस्तान लडाइँका कारण स्थगित गरिएको इण्डियन प्रिमियर लिग (आईपीएल)का खेलहरु जेठ ३ गतेदेखि सुरु हुने भएका छन् । फाइनल खेल  जेठ २० गते हुनेछ ।

गत बिहीबार हिमाचल प्रदेशको धर्मशाला रंगशालामा पञ्चाब किङ्गस् र दिल्ली क्यापिटल्सबीच खेल चलिरहँदा पाकिस्तानले  आक्रमण गरेको भन्दै बीचमै खेल रोकेर आईपीएलनै स्थगित गरिएको थियो ।  सोमबार भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले बाँकी खेलका नयाँ तालिका सार्वजनिक गरेको हो ।

आईपीएलको परिमार्जित तालिका अनुसार, १७ मेमा बेंगलुरु र कोलकाताबीचको खेल बेंगलुरुमा खेलिनेछ । लिग स्टेजको अन्तिम खेल लखनउ र बेंगलुरुबीच लखनउमा हुनेछ ।

यसअघि जयपुरमा कुनै पनि खेल नहुने अनुमान गरिएको थियो । तर बोर्डले चयन गरेका ६ शहरमध्ये जयपुर पनि समावेश गरिएको छ । बाँकी खेलहरू बेंगलुरु, जयपुर, दिल्ली, लखनऊ, मुम्बई र अहमदाबादमा खेलिनेछन् । प्लेअफका खेल खेलिने स्थान भने पछि सार्वजनिक गरिने छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :