single head

जयश्री फुड्स र जयश्री च्यारिटी नेपालको रक्तदानमा ११८ जनाले गरे रक्तदान

single post top 1

गैँडाकोट । जयश्री फुड्स प्रा.लि. र जयश्री च्यारिटी नेपालको आयोजनामा भएको रक्तदान कार्यक्रममा ११८ जनाले रक्तदान गरेका छन् ।

single p1

बढ्दो रक्त अभाव पूर्ति एवं मानवीय सहयोगका लागि गैँडाकोट ९ स्थित जयश्री फुड्स प्रा.लि. स्थापनाको १३ औँ वर्ष प्रवेशको अवसरमा शनिबार उद्योग प्राङ्गणमा रक्तदान कार्यक्रम गरेको हो । कार्यक्रममा १२ महिला र १०६ पुरुष सहित ११८ जनाले रक्तदान गरेको जयश्री फुड्स प्रालिका म्यानेजर अमित अग्रवालले जानकारी दिनुभयो । पहिलो पटक नयाँ ३२ जनाले रक्तदान गरेको  उहाँले  जानकारी दिनुभयो ।

single p2

 

रक्तदान कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले जयश्री फुड्सले निरन्तर रक्तदान कार्यक्रम गरी रक्तदान जस्तो मानवीय सहयोगमा गरेको योगदानको कदर गर्नुभएको थियो । उहाँले रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्दै रक्तदानमा सरिक हुन योग्य रक्तदातालाई आह्वान समेत गर्नुभएको छ । उहाँले अगाडि भन्नुभयो बषैपिच्छे कार्यक्रम गरेर बिरामीको ज्यान बचाउनका लागि जुन काम गर्नु भएको छ त्यो स्वागत योग्य रहेको छ यसरीनै अगामि दिनमा पनि यस्तै कार्यक्रम गरेर आफ्नो ख्याति कमाउनु होला ।

जयश्री फुड्सका सञ्चालक एवं जयश्री च्यारिटी नेपालका अध्यक्ष पवनकुमार अग्रवालले जयश्री फुड्स तथा च्यारिटी नेपालले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो । व्यापारसँगै सामाजिक सेवामा सदैव लाग्ने विश्वास दिलाउँदै उहाँले जयश्री फुड्सका उत्पादनलाई रोजाइमा राख्ने गृहणी एवं ग्राहकप्रति आभार व्यक्त गर्नुभएको छ । हामिले जति कमाउछौ तेस्को केहि भाग सामाजिक सेवामा लगाउनु पर्छ , सामाजिक सेवा भनेकै हाम्रो साथमा जाने हो सम्पति त यहि रहिरहने हो तेसैले सामाजिक सेवा गर्नुपर्छ  अग्रवालले भन्नुभयो ।

कार्यक्रममा मारवाडि परिषद नेपालका केन्द्रिय उपाध्यक्ष उमाशंकर अग्रवालले मानिसले गर्ने धन दानभन्दा रक्तदान महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले जयश्री फुड्सका पवनकुमार अग्रवालले रक्तदान संगै सामाजिक काममा ,धार्मिक काममा ,आध्यात्मिक काममा समेत आफ्रनो उपस्थित जनाएर मानबसेवा नै ठुलो धर्म हो भन्दै हजारौ हजार सेवा गर्नु भएको छ भन्दै प्रशंसा गर्नुभयो ।

 

कार्यक्रममा गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनाल, गैँडाकोट ९ का वडाअध्यक्ष धामनाथ सापकोटा, गैँडाकोट ९ का निबर्तमान वडाअध्यक्ष पे्रमपसाद सापकोटा, उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्ष अमृत भट्टचन, जिल्ला उद्योग बाणिज्य संघ गैडाकोट नवलपुर अध्यक्ष दिपक सापकोटा, मारवाडि सेवा केन्द्र नारायणगढ अध्यक्ष पंकज अग्रवाल, नेपाल रेडक्रस सोसाइटी चितवन शाखा सभापति राजकुमार गुप्ता, बिधायन मसौदा समिती संयोजक ज्ञानप्रसाद खनाल, लोक तथा दोहोरि गित प्रतिष्ठान नवलपुर अध्यक्ष बुद्धिनाथ घिमिरे लगायत जनप्रतिनिधि,समाजसेवि, उद्योगी व्यवसायी, विभिन्न संघ संस्थाका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो ।

रक्तदाता मनिष अग्रवाललाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरिएको थियो । जयश्री फुड्सले आठौँ पटक नेपाल रेडक्रस सोसाईटी, ब्लड बैंक र नवजागरण ग्रामिण विकास केन्द्रसँगको सहकार्यमा रक्तदान कार्यक्रम गरेको हो ।

 

२०७० सालमा स्थापित उद्योगले माइतिघर, भान्साघर, मंगलम, शुभ मूहर्त, शुभ लगन, मायालु, निम्तो लगायत चामल, चिउरा, मस्यौरा, मैदा, आटा, सुजी, चोक्कर उत्पादन गर्दै आएको छ ।  २०७५ सालमा काठमाडौँ महानगरपालिकामा दर्ता भएको जयश्री च्यारिटी नेपाल गैर नाफामुलक सामाजिक संस्था हो । यसले देशका विभिन्न स्थानमा राहत वितरण गर्नुका साथै मठ मन्दिर निर्माण, विकासका कार्यमा हातेमालो, स्कुलमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने, असहाय व्यक्तिलाई सहयोग गर्ने लगायतका सामाजिक कार्य गर्दै आईरहेको छ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3