spot_img

Friday, March 27, 2026

 नेपाल सुपर लिगको उपाधि ललितपुर सिटी एफसीले जित्यो

 वैशाख १३ काठमा   नेपाल सुपर लिग (एनएसएल) को उपाधि ललितपुर सिटी एफसीले जितेको छ ।

दशरथ रङ्गशालमा शनिबार भएको फाइनलमा ललितपुरले पोखरा थन्डर्सलाई २–१ गोलले हराउँदै उपाधि रक्षा गरेको हो ।साविक विजेता समेत रहेको ललितपुरलाई लगातार दोस्रो पटक उपाधि जिताउन दुई विदेशी खेलाडी इमोह इजेकेलले ४२ औँ र पापा इबोउ केबेले ७४औँ मिनेटमा गोल गर्नुभयो ।

यसअघि पोखराका लागि एनआरएन खेलाडी सुदिल राईले ६३औँ  मिनेटमा बराबरी गोल फर्काउनुभएको थियो । तर उक्त गोल सान्त्वनामा परिणत भयो । ललितपुरले लिग चरणदेखि अपराजित रहँदै उपाधि जितेको हो । उपाधिसँगै ललितपुरले ८० लाख रुपियाँ पुरस्कार पायो । पोखराले ३० लाख रुपियाँ प्राप्त गरेको छ । एनएसएल पहिलो संस्करणको उपाधि भने काठमाडौँ एफसीले जितेको थियो ।

पोखरा थन्डर्सलाई फाइलनमा लैजान महत्वपूर्ण भूमिका खेल्नुभएका मिडफिल्डर आयुश घलान एनएसएलको सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभएको छ । उहाँले उपाधिसँगै दुई लाख ५० हजार रुपियाँ पुरस्कार पाउनुभयो ।  यस्तै विधागत तर्फ ललितपुरका मणिकुमार लामा इनर्जेटिक खेलाडी, ललितपुरकै सन्तोष खत्री उदीयमान खेलाडी, पोखरा प्रिसो उत्कृष्ट गोलरक्षक, धनगढीका अहमद हिजाजी सर्वाधिक गोलकार्ता र झापा एफसीले ‘फेयर प्ले अवार्ड’ जितेको छ । विधागत उत्कृष्टलाई जनही एक लाख रुपियाँ प्रदान गरिएको थियो  ।

प्रतियोगिता समापन अवसरमा नेपाली राष्ट्रिय महिला टोलीकी मिडफिल्डर प्रिती राईलाई स्कुटर प्रदान गरिएको थियो । प्रिती एनएसएलकी गुडविल एम्बेसडर हुनुहुन्थ्यो ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :