spot_img

Wednesday, May 21, 2025

 आइसिसी महिला विश्वकप एसिया छनोटका लागि क्यानद्धारा नेपाली क्रिकेट टोली घोषणा

 वैशाख १३ काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले  मे ९ देखि २० सम्म थाइल्यान्डमा आयोजना हुने आइसिसी महिला विश्वकप एसिया छनोटका लागि नेपाली क्रिकेट टोली घोषणा गरेको छ ।

क्यानले शुक्रबार राति इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय अ‍ेलाडी टोलीको घोषणा गरेको हो । टोलीमा पूजा महतोलाई उपकप्तानको जिम्मेवारी दिइएको छ ।

विश्वकप छनोटमा नेपाल रहेको समूह ‘सी’ परेको छ । यस समूहमा बहराइन र हङकङ छन् । नेपालले मे ९ र १३ मा हङकङ तथा १० र १५ मा बहराइको समान गर्नेछ ।

टोलीमा कप्तान बर्मा र उपकप्तान महतोसँगै रुविना क्षेत्री, कविता कुँवर, विन्दु रावल, रोमा थापा, रुवि पोदार, सबनम राई, कविता जोशी, ईश्वरी विष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमति ऐरी र रिया शर्माले स्थान बनाउनुभएको छ ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार