single head

राष्ट्रपति रनिङ शिल्ड : भरतपुर प्रथम हुदा रत्ननगर र माडी दोस्रो र तेस्रो

single post top 1

चैत ३० ,चितवन । १८ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भरतपुर महानगरपालिका प्रथम भएको छ । दुई दिनसम्म चलेको प्रतियोगितामा भरतपुर २६ स्वर्ण पदकसहित प्रथम भएको हो।

single p1

भारतपुरले २६ स्वर्णसहित समान २६ रजत र १९ कास्य गरी कुल ७१ पदक जितेको छ।  यस्तै प्रतियोगितामा ६९ पदक जितेको रत्ननगर नगरपालिका दोस्रो भएको छ।

single p2

रत्ननगर नगरपालिकाले १५ स्वर्ण र २० रजत पदक जितेको छ।  यस्तै रत्ननगरले ३४ कास्य पदक जितेको आयोजक चितवन जिल्ला खेलकुद बिकास समितिले जानकारी दिएको छ।

तेस्रो भएको माडी नगरपालिकाले ११ स्वर्ण जितेको छ।  यस्तै ६ रजत तथा १० कास्य जितेको माडीले कुल २७ पदक हात पारेको छ।

उता विद्यालयतर्फ भने माडीको सोमेश्वर मावि प्रथम भएको छ।  सोमेश्वर माविले ६ स्वर्ण, ३ रजत र ८ कास्य जितेको छ।  दोस्रो भएको भरतपुरको जानकी माविले ५ स्वर्ण, २ रजत र ४ कास्यसहित ११ पदक जितेको छ।

तेस्रो स्थान हासिल गरेको भरतपुरकै ढड्डाघारी माविले ५ स्वर्ण र एक कास्य जितेको छ।  दुई दिनसम्म चलेको प्रतियोगिताका चितवनका ४ पालिकाले सहभागिता जनाएका थिए।

भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, माडी नगरपालिका र ईच्छाकामना गाउँपालिकाबाट खेलाडीहरु सहभागी थिए ।  कालिका, राप्ती र खैरहनी नगरपालिका भने सहभागी भएन । समितिका अध्यक्ष राजन कार्कीले तीन पालिकाले खेलाडी सहभागी नगराउनु दु:खद भएको बताए।

ती पालिकाहरुले खेलाडीलाई खेल्नबाट बन्चित गराएको उनको भनाई थियो।  यस प्रतियोगिताबाट खेलाडीहरु माथिल्लो प्रतियोगिताका लागि छनौट हुने भएकोले त्यो अवसरबाट पनि खेलाडीहरु बन्चित हुन पुगेको उनले बताए।  खेलाडीहरुलाई  आफ्नो प्रतिभा देखाउनबाट बाचित नगर्न पनि कार्कीले आग्रह गरे।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3