single head

विद्यालय बन्द गरी काठमाडौँमा शिक्षक / यस पटक ऐन नलिइ नफर्कने घोषणा

single post top 1

 चैत २६ काठमाडौँ। काठमाडौँको माइतीघरदेखि बानेश्वर सडक केही दिन यता आन्दोलनरत शिक्षकहरूको कब्जामा जस्तै देखिएको छ ।

single p1

बिहान १० बजे सडमा आयो, दिउसो ३-४ बजे सडमै बस्यो अनि गन्तव्यमा लाग्यो भोलि पुन: त्यही सडक उही दैनिकी दोहोरायो ।  केही दिनयता आन्दोलित शिक्षकहरूको यो दैनिकी जस्तो बनिरहेको छ ।

single p2

यहिबीचमा  हिजो देखि सुरु भएको  देशव्यापी ‘शैक्षिक हडताल’ले भने राजधानीको सडकमा शिक्षकको सङ्ख्या थप बढाउँदै लगेको छ। शिक्षा ऐन जारी नभएसम्म घर नफर्कने आन्दोलित शिक्षक अडानका बीच सरकारले पटक पटक वार्तामा आउन आग्रह गरेपनि शिक्षक महासङ्घले विगतमा भएका सहमतिको पालना गर्दै शिक्षा ऐन जारी गर्ने भरपर्दो प्रतिवद्धता नआएसम्म वार्ताका लागि बार्ता नगर्ने अडान लिदै आएको छ । 

विद्यालय शिक्षा विधेयक पारित गर्ने ठोस प्रत्याभूति नआएसम्म वार्तामा मा बस्नुको कुनै औचित्य नरहेको महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी बताउनु हुन्छ । ”पटक पटक सहमति गर्यौ । धोका भयो यस पटक हामी ऐन नलिइ फर्कनेवाला छैनौ ।  मङ्गलबार  बानेश्वर सडकमा सम्बोधनको क्रममा नेपाल शिक्षक महासङ्घका अध्यक्ष  सुवेदी भन्नुभयो । 

 

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3