single head

आइसिसी महिला यु–१९ विश्वकप एसिया छनौट : नेपाल द्धारा कुवेत १०८ रनले पराजित

single post top 1

 कात्तिक २२ काठमाडौँ। आइसिसी महिला यु–१९ विश्वकप एसिया छनोटमा नेपालले कुवेतलाई १०८ रनले पराजित गरेको छ।

single p1

सुरुमा ब्याटिङ गरेको नेपालले आठ विकेटको क्षतिमा १३० रन बनाएको थियो। १३१ रनको लक्ष्य पछ्याएको कुवेतले १३ ओभरमा २२ रन बनाउँदै अलआउट भएको हो।

single p2

कुवेतविरुद्धको खेलमा नेपालका लागि पूजा महतोले ३८ बलमा ४३ रन बनाउनुभयो।साना प्रभिनले २५ रन जोड्दा ज्योत्सनिका मरासिनीले २३ र अलिशाकुमारी यादवले १५ रन जोड्नुभयो।कुवेतका लागि इकवाल पेवेकरले दुई विकेट हात पार्दा जेफा जिलियानी र अमिषा रामले एक-एक विकेट लिनुभयो।

जवाफी ब्याटिङ गरेको कुवेतका ओपनर जेफा जिलियानीले १२ रन जोड्नुभयो भने  अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। नेपालकी रचनाकुमारी चौधरी र सीमा केसीले समान दुई विकेट लिनुभयो भने पूजा महतो, करिष्मा गुरुङ र मनीषाकुमारी उपाध्यायले एक-एक विकेट हात पार्नुभयो।

कुवेतमाथिको जितसँगै नेपालले दुई खेलबाट चार अङ्क जोडेको छ। नेपालको यो लगातार दोस्रो जित हो।अघिल्लो खेलमा नेपालले थाइल्यान्डलाई बुधबार ६७ रनले पराजित गरेको थियो। कात्तिक २९ गतेसम्म सञ्चालन हुने छनोट खेलमा नेपाल, युएई, कुवेत र थाइल्यान्ड सहभागी छन् ।

नेपालले अब तेस्रो खेल कात्तिक २४ गते युएईसॅंग, चौथो खेल कात्तिक २५ गते थाइल्यान्ड, पाँचौँ खेल कात्तिक २७ गते कुवेत र अन्तिम खेल कात्तिक २८ गते युएईसॅंग खेल्नेछ । छनोट खेलको शीर्ष टोली अर्को वर्ष मलेसियामा आयोजना हुने विश्वकपमा छनोट हुनेछ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3