spot_img

Thursday, November 14, 2024

गुल्मी अर्घाखाँची तिर नाचिने सराय नाच गैंडाकोटमा पनि प्रदर्शन

कात्तिक १, गैँडाकोट । गैँडाकोटमा सराय नाच प्रदर्शन गरिएको छ । गुल्मी,अर्घाखाचीबाट बसाइँसरी गैँडाकोट आएका व्यक्तिहरुले गुल्मी अर्घाखाँची तिर नाचिने सराय नाच गैंडाकोटमा पनि प्रदर्शन गरेका हुन् ।

गुल्मी अर्घाखाची सम्पर्क समाज गैँडाकोटको आयोजनामा बिहीवार जनक नमुना मावि काँग्रेसचोकमा भएको कार्यक्रममा गैँडाकोट नगरप्रमुख मदनभक्त अधिकारीले यस्ता संस्कृति संरक्षणमा सबै जुट्नुपर्ने बताउनुभयो ।

  • -advertisement-
  • -advertisement-

त्येस्तै कार्यक्रममा उपप्रमुख शान्ति कोइरालाले गैँडाकोटमा सम्भवत पहिलो पटक यस्तो सराय नाच प्रदर्शन गरिएको बताउँदै यस्ता संस्कृति जर्गेनाका लागि पुस्तान्तरण जरुरी रहेको बताउनुभयो ।  कार्यक्रममा वडाअध्यक्ष रत्नप्रसाद सापकोटाले गैँडाकोट ५ मा नै हुनु अझै महत्त्वपूर्ण र स्वागतयोग्य रहेको बताउनुभयो ।

गुल्मी अर्घाखाचीबाट बसाइँसरेर आएकाहरुबीच एकता कायम गरी संस्कृति जर्गेनाका लागि पनि दसैँ सराय नाच तथा शुभकामना आदान–प्रदान कार्यक्रम गरिएको गुल्मी अर्घाखाची सम्पर्क समाज गैँडाकोटका अध्यक्ष गोविन्द घिमिरेले जानकारी दिनुभयो ।

गुल्मी अर्घाखाची सम्पर्क समाज गैँडाकोटका सह सचिव बाबुराम पोख्रेलले स्वागत मन्तव्य राख्नु भएको उद्घाटन कार्यकमको सहजिकरण समाजका सचिव इश्वरीप्रसाद घिमिरेले गर्नुभएको थियो ।

काँग्रेसचोकदेखी कालिकाचोक स्थित कालिका मन्दिर कालिका आश्रम सम्म सराय नाँच प्रदर्शन गरिएको थियो ।

मौलिक संस्कृतिको रुपमा परम्परादेखि मनाइने सराय नाचको छुट्टै महिमा रहेको छ । गुल्मी, अर्घाखाँची तथा प्युठान जिल्लाका सबै शक्तिपीठहरुमा सराय नाच विशेष रूपमा मनाइन्छ । हिन्दुहरुको महान चाड विजयादशमीका अवसरमा शक्तिपीठहरुमा एकादशीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म मनोरञ्जनात्मक रुपमा यस्ता नाच नाच्ने गरिन्छ ।

दैत्य र दानवमाथि देवी देवताले विजय हाँसिल गरेपछि त्यसको खुसियालीमा युद्धमा प्रयोग भएका हतियारसहित नाचगान गर्न थालिएको किंवदन्ती छ । युद्धमा प्रयोग भएका खुँडा, खुकुरी, तरबार, भाला, लठ्ठी, ढाल लगायतका घरेलु हतियारको प्रयोग गरी युद्धको झल्को दिनेगरी सराय नाच नाचिन्छ ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार