spot_img

Thursday, December 19, 2024

तेजपत्ता स्वास्थ्यको दृष्टिले निकै फाइदाजनक

काठमाडौँ  ।  सामान्यतया चिया वा तरकारीमा स्वादको लागि मसलाको रुपमा उपयोग गरिने तेजपत्ता स्वास्थ्यको दृष्टिले पनि निकै फाइदाजनक हुन्छ ।

सुगन्धित स्वाद हुने यसको पातमा आवश्यक पोषक तत्व र खनिज हुन्छ । तेजपत्तामा भिटामिन ए, भिटामिन सी, आइरन, पोटासियम, क्याल्सियम र म्याग्नेसियम उच्च मात्रामा पाइन्छ । यसमा इन्जाइमहरू पनि हुन्छन्, जसले प्रोटिनलाई तोड्न र पाचन सुधार गर्न मद्दत गर्छन् ।

आयुर्वेदिक भाषामा यसलाई सिनामोम्मम् टमला भनिन्छ । नेपालमा रूखको पातलाई तेजपत्ता र बोक्रालाई दालचिनी भन्ने गरिन्छ । दालचिनी भनेको फरक प्रजाति, सिनामम्मम् भेरम (पर्यायवाची सिनामम्मम् जेलेनिकम) हो । यो तराईदेखि मध्यपहाडी क्षेत्रमा पाइन्छ ।

  • -advertisement-
  • -advertisement-

आयुर्वेदमा तेजपत्तालाई स्वादको लागि मात्र नभई औषधिको रूपमा पनि प्रयोग गरिन्छ । यसलाई ज्वरो, रुघाखोकी, अपच, कब्जियत जस्ता समस्यामा औषधिको रुपमा प्रयोग गरिन्छ । छालासम्बन्धी रोग र कपालका लागि पनि यो उपयोगी हुन्छ । त्यस्तै घरमा झिंगा र साङ्ला हटाउन पनि प्रयोग हुन्छ ।

चियामा दैनिक तेजपत्ता राखेर खाँदा मोटोपनको समस्याबाट बचाउनुका साथै रोगप्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

आधुनिक अनुसन्धान अनुसार तेजपात मधुमेहमा पनि प्रभावकारी देखिएको छ । सन् २०१६ मा जर्नल अफ बायोकेमिकल न्यूट्रिसनमा प्रकाशित शोधमा टाइप २ मधुमेहबाट पीडित व्यक्तिले तेजपत्ता खानु उपयोगी हुने उल्लेख गरिएको छ । यसबाट बिरामीको रगतमा ग्लुकोजको मात्रा सामान्य बनाउन मद्दत गर्छ ।

त्यस्तै यसमा एन्टिहाइपरलिपिडेमिक इफेक्ट पनि भनिन्छ । यसले शरीरमा खराब कोलेस्टेरोल र अनावश्यक तरल पदार्थलाई घटाएर गुड कोलेस्टेरोल सुधार गर्न पनि मद्दत गर्छ ।

तेजपात एन्टिइन्फ्लेमेटरी गुणले भरपुर हुन्छ । यसमा हुने भिटामिन सीले दाँत र गिजालाई स्वस्थ राख्न मद्दत गर्छ र दाँत दुखाइबाट पनि राहत दिन्छ । बाथरोगमा बिरामीलाई यसको तेल प्रयोग गर्न सकिन्छ, जसले जोर्नीको दुखाइ कम गर्छ ।

तेजपातमा भिटामिन ए र सी का साथै फोलिक एसिड पनि हुन्छ । यसले पेटसम्बन्धी समस्या मुक्त गर्न मद्दत गर्छ । कब्जियत र एसिडिटीको समस्यामा तेजपातले औषधिकै काम गर्छ ।

यसबाहेक हृदयरोगको जोखिम कम गर्न र माइग्रेनसँग लड्न तेजपातले महत्वपूर्ण भूमिका खेल्छ । यसले एसिडिटी, डन्डीफोर, निद्रा नलाग्ने समस्या हटाउनुका साथै क्यान्सर जस्तो रोगमा राहत पुर्‍याउँछ ।

रगत पातलो गर्ने औषधि खाइरहेका व्यक्तिले तेजपात खानु हुँदैन । तेजपत्ताको अत्याधिक प्रयोगले शरीर सुन्निने समस्या हुनसक्छ ।

तेजपत्तालाई बिहान र बेलुका खान सकिन्छ । मधुमेह, मोटोपन, कोलेस्टेरोलको लागि तेजपत्ता बिहान खाली पेटमा चिया बनाएर वा पाउडर बनाएर एक चम्चा खानुपर्छ । त्यस्तै पेट फुल्ने, एसिडिटी तथा ग्यासको समस्या हुनेले खानापछि खानुपर्छ ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार