spot_img

Sunday, June 14, 2026

निर्माणाधीन नेपाली चलचित्र ‘कङ्गारु’मा अभिनेता जितु नेपाल अनुबन्धित

काठमाडौं। सम्राट बस्नेतको निर्देशनमा निर्माणाधीन नेपाली चलचित्र ‘कङ्गारु’मा अभिनेता जितु नेपाल अनुबन्धित भएका छन्। यसअघि यस चलचित्रमा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ र अर्पण थापा अनुबन्धित भएका थिए।

जितुले अहिले चलचित्र ‘ज्वाइँ साब’को छायाङ्कन गरिरहेका छन्। उनलाई ‘कङ्गारु’ टिमले यो चलचित्रको छायाङ्कन स्थलमा नै पुगी औपचारिक अनुबन्ध गराएको थियो।

यो चलचित्र सस्पेन्स, थ्रीलर र कमेडी रहने बताइएको छ। यसको छायाङ्कन अस्ट्रेलियाको सिड्नी, न्यूकासल, क्यानबेरा लगायतका क्षेत्रमा गरिने बताइएको छ। राजीव गुरुङ ‘दीपक मनाङे’को प्रस्तुतिमा बन्ने यो चलचित्रका निर्माताहरू प्रेम थापा, धन बहादुर गुरुङ ‘डिबी’ र मनोज भण्डारी ‘म्याक्स’ हुन् भने सह निर्माताहरू अञ्जन दुरा र लक्ष्मी राई हुन्।

सीमा गुरुङको कथामा बन्ने यो चलचित्रलाई सुशन प्रजापतिले छायाङ्कन गर्नेछन्।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :