single head

कक्षा १२ को परीक्षामा विजय सामुदायिकबाट विज्ञानतर्फ शत प्रतिशत, म्यानेजमेन्टमा ८५% विद्यार्थी उत्तीर्ण

single post top 1

गैँडाकोट । राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइएको कक्षा १२ को अन्तिम परीक्षामा नवलपुरको विजय सामुदायिक शिक्षा सदनले विज्ञान संकायतर्फ शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ।

single p1
ad

 

single p2

विज्ञान संकाय तर्फ सबैभन्दा बढी आयुष सुवेदीले ३ दशमलव ९२ जीपीए ल्याउनुभएको छ भने बाँकी सबै विद्यार्थीहरू उच्च जीपीएका साथ कक्षा १२ उत्तीर्ण भएका छन्।

त्यस्तै म्यानेजमेन्टतर्फ सबैभन्दा बढी असिम अम्मैले ३ दशमलव ७९ जिपिए प्राप्त गर्नुभएको छ भने बाँकी उत्तीर्ण विद्यार्थीले पनि उत्कृष्ट जीपीए प्राप्त गरेका छन्।

विज्ञान संकायतर्फ  शत १००% प्रतिशत  विद्यार्थी उत्तीर्ण गराएको छ भने म्यानेजमेन्टमा ८५% विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ।
कक्षा ११ को भर्नामा केही  सिट बाँकी रहेको विद्यालयले जनाएको छ ।  विद्यार्थीले खोजेजस्तो शिक्षा शान्त वातावरणमा, दक्ष शिक्षकहरुद्वारा पढाइ हुने विजय सामुदायिक शिक्षा सदन  विद्यार्थीको रोजाइमा सधैँ पर्ने गरेको छ  ।

विगतका  वर्षहरूमा पनि उत्कृष्ट नतिजा दिँदै आएको विजय सामुदायिक शिक्षा सदनले यस वर्ष विज्ञान संकायतर्फ शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको विद्यालयका प्रधानाध्यापक वीरभद्र सापकोटाले बताउनुभयो।विद्यार्थीको पढाइ प्रतिको मेहनत, शिक्षकको सिकाई र अभिभावकको मार्गदर्शनले गर्दा विद्यालयले उत्कृष्ट नतिजा हासिल गरेको प्रधानाध्यापक सापकोटाले बताउनुभयो ।

विद्यालयका सहायक प्रधानाध्यापक विकल सापकोटाले  विज्ञान संकायको लागि विजय सामुदायिक एक उत्कृष्ट शैक्षिक संस्था भएको बताउनुभयो ।उहाँले विज्ञान संकायतर्फ यस वर्ष कक्षा १२ मा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको मा खुसी व्यक्त गर्नुभयो।

विद्यालयले विगतदेखि नै गुणस्तरीय शिक्षा, अनुशासित शैक्षिक वातावरण, दक्ष शिक्षक तथा आधुनिक शिक्षण पद्धतिमार्फत विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा जोड दिँदै आएको छ। हरेक वर्ष बोर्ड परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै आएको विजय सामुदायिक शिक्षा सदनले यस वर्ष पनि आफ्नो उत्कृष्टताको निरन्तरतालाई कायम राख्न सफल भएको छ।

विद्यालयको यो उपलब्धिले विद्यार्थी, शिक्षक, अभिभावक तथा सम्पूर्ण विद्यालय परिवारमा उत्साह थपिएको छ। साथै, आगामी शैक्षिक सत्रमा पनि उत्कृष्ट नतिजाको निरन्तरता कायम राख्दै गुणस्तरीय शिक्षामा अझ प्रभावकारी रूपमा अघि बढ्ने विद्यालयले जनाएको छ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3