single head

नयाँ सत्ता समीकरणले जनतामा नयाँ आशा जगाउन, विकासलाई गति दिन नसके देश अप्ठ्यारोमा जाने – प्रधानमन्त्री

single post top 1

चैत ६ ,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता समीकरणले  जनतामा नयाँ आशा जगाउन नसके देश अप्ठ्यारोमा जाने बताउनुभएको छ। मंगलबार सत्तारुढ दलको न्यूनतम साझा कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले सत्तारुढ दलले न्यूनतम साझा कार्यक्रम घोषणाका कुरामा भन्दा कार्यान्वयनको काममा लाग्नुपर्ने बताउनुभयो।

single p1

उहाँले न्यूनतम साझा कार्यक्रमलाई व्यवहारमा जनतालाई सेवा दिने कुरामा जिम्मेवारी बोध र तत्परताले नै अहिलेको सत्ता समीकरणको औचित्य पुष्टि गर्ने बताउनुभयो। उहाँले नयाँ सत्ता समीकरण र सङ्कल्पले पनि जनतामा नयाँ आशा जगाउन, विकासलाई गति दिन नसके देश अप्ठ्यारोमा जाने बताउनुभयो।

single p2

उहाँले सबैले इमान्दारिताकासाथ राष्ट्रको वृहत्तर हितको निम्ति जनतालाई सुशासनको प्रत्याभूति दिनेगरी काम गर्न मन्त्री र कर्मचारीलाई निर्देशन दिनुभयो। उहाँले काम, परिणाम, सुशासन र समृद्धिको नयाँ यात्राद्वारा जनताको भरोसा जित्ने काममा लाग्नुपर्ने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘यो कार्यक्रमको घोषणा भन्दा कार्यान्वयनमा बढी जोड दिनुपर्छ। हामीले कार्यक्रम र नीति भाषामा कस्तो बनायौँ भन्नेकुरा भन्दा ठुलो कुरा हामी अब व्यवहारमा जनतालाई डेलिभरी दिने हिसाबले कति जिम्मेवारी बोध गरी, कति गम्भीरता र तत्परताका साथ अघि बढ्छौँ भन्नेकुराले कार्यक्रम र समीकरणको औचित्यलाई पुष्टि गर्दछ। यो समीकरण र यो सङ्कल्पले पनि जनतामा नयाँ आशा जगाउन सकिएन भने र विकासलाई गति दिन सकिएन भने साँच्चै नै देश अप्ठ्यारोमा जाने खतरा छ। हिजोका हाम्रो घोषणा र आजको घोषणा हिजोको परिस्थिति र आजको परिस्थितिमा फरक आएको छ। अब हामी सबैले इमान्दारिताकासाथ राष्ट्रको वृहत्तर हितको निम्ति जनतालाई सुशासनको प्रत्याभूति दिनको निम्ति, विकास र समृद्धिको नयाँ यात्रा हामीले आरम्भ गर्दछौँ भनेर सेवा प्रवाह गर्नका निम्ति विशेष अपिल गर्न चाहन्छु।’’

प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार नयाँ सङ्कल्पका साथ अब देश र जनताको पक्षमा काम गर्ने नयाँ स्प्रिड लिएर आएको बताउनुभयो। अहिले समाजमा नकारात्मक भाष्य बनाउने र नकारात्मक  कुरालाई बढी प्रोत्साहित गने प्रवृत्ति हाबी रहेको बताउनुभयो।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3