रेशम चौधरीलाई नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष हुन् निर्वाचन आयोग द्वारा अयोग्य

khelkud top

फागुन २४ काठमाडौँ। निर्वाचन आयोगले सर्वोच्च अदालतबाट ज्यान मुद्दामा दोषी ठहर गरिएका रेशमलाल चौधरीलाई नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष हुन् अयोग्य हुने व्याख्या गरेको छ।

नागरिक उन्मुक्ति पार्टीले गत पुस २७ गते कैलालीमा महाधिवेशन गरी साबिककी रञ्जिता श्रेष्ठको अध्यक्षतामा रहेको केन्द्रीय समितिमा चौधरीलाई अध्यक्ष घोषणा गरेकामा आयोगले त्यसलाई अद्यावधिक गर्न अस्वीकार गरेको हो।

Article Inline 2

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राजनीतिक दलसम्बन्धी ऐनले तोकेको योग्यताबमोजिम अदालतको फैसलाका आधारमा चौधरी दलको अध्यक्ष हुन योग्य नहुने निर्णय गरिएको जानकारी दिनुभयो।

कैलालीको टीकापुरमा २०६२ सालमा सात सुरक्षाकर्मी र एक नाबालकको ज्यान जाने गरी भएको घटनामा चौधरीलाई अदालतले जन्मकैदको सजाय तोकेको थियो।

गत जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट कैद मिनाहा पाइ चौधरी रिहा हुनुभएको थियो। रासस

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :