spot_img

Wednesday, January 15, 2025

हिजो जबजलाई दक्ष प्रजापतिको टाउको भन्नेहरु आज समाप्त पार्न लागिपरेको- माधवकुमार नेपाल

माघ २१ , काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज) समाप्त पार्ने कामलाई ठीक भन्न नसकिने बताएका छन् ।

पार्टी उपाध्यक्ष डा.वेदुराम भुसालले लेखेको पुस्तक ‘जनताको बहुदलीय जनवादको विकासक्रम’ विमोचन कार्यक्रममा अध्यक्ष नेपालले जबजलाई नबुझ्नेहरुले त्यसको औचित्यमाथि बहस गरिररहेको बताए ।

  • -advertisement-
  • -advertisement-
  • -advertisement-

‘केही केही स्वनामधन्य व्यक्तिहरुले अब यो पुरानो भइसक्यो । यसको कुनै सान्दर्भिकता छैन भनेर घोषणा गरिरहेका छन्’ अध्यक्ष नेपालले भने, ‘जसले जनताको बहुदलीय जनवादको सारतत्व बुझेको छैन, यसको अन्तर्य बुझेको छैन । .. उसले यो पुरानो भयो, यसको सान्दर्भिकता सक्कियो भन्दछन् ।’

हिजो जबजलाई दक्ष प्रजापतिको टाउको भन्नेहरु आज समाप्त पार्न लागिपरेको समेत उनले बताए । ‘हिजो पनि जनताको बहुदलीय जनवादीलाई दक्षप्रजापतिको टाउको भन्ने । अध्यक्ष नेपालले भने  आज पनि यहाँ आएर यसलाई समाप्त पार्नका लागि लाग्ने त्यो विचारलाई किमार्थ ठिक भन्न सकिंदैन’,

 

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार