spot_img

Thursday, May 15, 2025

केवल शब्द रटान ले मात्रै देश बन्दैन , बिकासका लागि प्राविधिक जनशक्तिको आवश्यकता चाहिन्छ- डा. शेखर कोइराला

माघ १५ ,मोरङ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालको परम्परागत घोकन्ते शैक्षिक प्रणालीले बेरोजगारी बढाइरहेको बताएका छन् ।

शैलजा आचार्य स्मृति पोलिटेक्निकको २२औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा मोरङमा आयोजित कार्यक्रममा नेता कोइरालाले  केवल शब्द रटानले मात्रै देश नबन्ने भन्दै बिकासका लागि प्राविधिक जनशक्ति आवश्यकता रहेको बताएका छन् । नेता कोइरालाले कृषि, पशुपालन, पर्यटन, स्वास्थ्यका क्षेत्रका प्राविधिक जनशक्ति उत्पादनमा राज्यले ध्यान दिनुपर्ने बताए ।

“अहिलेको समयमा केवल किताबी ज्ञानले मात्रै न व्यक्तिको जीवन चल्छ न देश उन्नतिको बाटोमा जान्छ, जबसम्म राज्यले युवालाई व्यावसायिक शिक्षा दिन सक्दैन र उध्यमशिल बनाउँन सक्दैन तवसम्म देश समृद्धिको बाटोमा जान सक्दैन ’कोइरालाले भने ।

अन्तर्राष्ट्रिय वजारमा बिक्ने व्यावसायिक र प्राविधिक जनशक्ति तयार गर्ने कुरामा राज्य चुकिरहेको कोइरालाले बताए । राम्रो प्राविधिक जनशक्ति तयार गर्दा बैदेशिक रोजगारीमा जानेले पनि राम्रो काम पाउँने र स्वदेशमै बस्नेले पनि राम्रो आय-आर्जन गर्न सक्ने उनको भनाई थियो ।

 

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार