single head

गुरुकुल शिक्षा परिषद् नेपालको गण्डकी प्रदेश समिति गठन

single post top 1
गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोटस्थित मौलाकालिका मन्दिर परिसरमा आयोजित गण्डकी प्रदेशस्तरीय गुरुकुल सम्मेलनले गुरुकुल शिक्षाको संस्थागत विकास, आपसी समन्वय, सहकार्य र साझा हितका लागि गुरुकुल शिक्षा परिषद् नेपालको गण्डकी प्रदेशस्तरीय समिति गठन गरेको छ ।
गठित समितिको अध्यक्षमा पोखराका रामचन्द्र पौडेल चयन हुनुभएको छ । त्यसैगरी उपाध्यक्षमा नवलपुरका शोभानाथ गौडेल, सचिवमा स्याङ्जाका सुदीप ढकाल, सहसचिवमा गोरखाका रमेश पराजुली तथा कोषाध्यक्षमा हंश चैतन्य ब्रह्मचारी चयन हुनुभएको छ । समितिका सदस्यहरूमा सन्तोष सुवेदी, दुर्गाकुमारी भण्डारी, कल्पना मुगराती र प्रकाश रेग्मी चयन हुनुभएको छ ।
नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रको आयोजना, गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोग, मौलाकालिका धार्मिक सेवा समिति गैँडाकोटको सहकार्य तथा मौलाकालिका संस्कृत विद्यापीठ (गुरुकुलम्) को व्यवस्थापनमा कार्तिक २८, २९ र ३० गते तीन दिनसम्म सम्मेलन सञ्चालन भएको हो ।
single p2
single p1
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3