single head

जयश्री सामुदायिक वन उपभोक्ता समूह गैंडाकोटको अध्यक्ष पदमा दिनेशराज न्यौपाने सर्वसम्मत चयन, नविन सोचका साथ आगाडी बढ्ने प्रतिवद्धता ।

single post top 1

जयश्री सामुदायिक वन उपभोक्ता समूह गैंडाकोटको अध्यक्ष पदमा दिनेशराज न्यौपाने सर्वसम्मतरुपमा चयन हुनुभएको निर्वाचन संयोजक तारापति खरेलले जानकारी दिनुभयो । ​गैंडाकोट नगरपालिका वडा न३, ४, ५, ८ मा पर्ने जयश्री सामुदायिक बन समूहको अधिवेशन क्रममा अध्यक्ष पदमा उम्मेदवारी दिनुभएका उहाँलाई सर्वसम्मत चयन गरिएको संयोजक खरेलले बताउनुभएको छ । सर्वसम्मत भएपछि पत्रकारसँग कुराकानी गर्दै न्यौपानेले आफू नयाँ सोच र दृष्टिकोणका साथ आएको दावि गर्नुभएको छ । उहाँले आगामी दिनमा ​वन समूहको आय–व्ययलाई पूर्ण रूपमा पारदर्शी बनाइने र हरेक वर्ष नियमति रूपमा सार्वजनिक सुनुवाइ र लेखापरीक्षण गरि प्रत्येक उपभोक्ताले हिसाबकिताब सहजै थाहा पाउने व्यवस्था मिलाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ । ​दाउरा, काठ र घाँसको वितरण प्रणालीलाई पूर्ण रूपमा निष्पक्ष, सहज र झन्झटमुक्त र ढलेका र सुख्खा रुखहरूको वैज्ञानिक व्यवस्थापन गरी उपभोक्ताहरूको काठ तथा दाउराको आवश्यकता प्राथमिकताका साथ पूरा गर्ने योजना ल्याउने समेत उहाँले बताउनुभयो । ​वन क्षेत्रभित्र हुन सक्ने अतिक्रमण, चोरीसिकारी र अवैध कटानीलाई शून्य सहनशीलताको नीति अपनाएर कढाईका साथ रोक लगाउन उच्च स्तरको प्रविधी प्रयोग गर्ने योजना ल्याउने समेत उहाँले बताउनु भयो । साथै उहाँले विशेष कार्यक्रम मार्फत लोपोन्मुख वनस्पति र वन्यजन्तुको संरक्षणमा विशेष ध्यान दिने बताउनुभयो । ​वन पैदावारमा आधारित लघु उद्यमहरू जस्तै जडीबुटी प्रशोधन, बाँस तथा निगालोका सामान, काठ उद्योग आदि सञ्चालन गरी स्थानीय युवा र महिलाहरूलाई स्वरोजगार बनाउने विशेष योजना ल्याउने बताउनुभयो । ​वनको स्वामित्वमा सबै उपभोक्ताहरूको समान हक हुन्छ। समूहबाट सञ्चालन हुने आयमुलक तथा क्षमता विकास कार्यक्रमहरूमा अति विपन्न, दलित, जनजाति र महिला उपभोक्तालाई विशेष प्राथमिकता र सहुलियत प्रदान गर्ने कार्यक्रम ल्याउने न्यौपानेले बताउनुभयो । ​जय श्री सामुदायिक वनको प्राकृतिक सौन्दर्यलाई उपयोग गर्दै यसलाई एक आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने भन्दै यसबाट आउने आम्दानीलाई वन र उपभोक्ताको हितमा लगानी गर्ने बताउनुभयो । ​वन क्षेत्र र आसपासका बस्तीहरूलाई डढेलो नियन्त्रण, बाढी तथा पहिरो जस्ता प्राकृतिक प्रकोपबाट बचाउन पूर्व तयारीका बलिया संयन्त्रहरू निर्माण गर्न पूर्व समन्वय गरिनेछ । ​वन समूहको आयबाट प्राप्त हुने केही हिस्सालाई स्थानीय क्षेत्रका विद्यालयहरूको शैक्षिक विकास, गरिब जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति र स्वास्थ्य शिविर जस्ता सामाजिक उत्तरदायित्वका काममा खर्च गर्ने समेत उहाँको योजना रहेको बताउनुभयो । ​कार्यालयबाट प्रदान गरिने सिफारिस तथा सेवाहरूलाई छिटो, छरितो र गुनासोमुक्त बनाइने र उपभोक्ताहरूले अनावश्यक सास्ती बेहोर्न नपर्ने गरी प्रशासनिक प्रक्रिया सरलीकरण गर्ने कार्यक्रम रहेको समेत बताउनुभयो । ​कुनै एक व्यक्तिको इच्छा वा लहडमा होइन, सबै कार्यसमितिका साथीहरू, सल्लाहकारहरू र सम्पूर्ण उपभोक्ताहरूको सल्लाह, सुझाव र सहभागितामा वनको नीति निर्माण र कार्यान्वयन गर्ने हाम्रो वन, राम्रो वन, सबैको साझा वन भन्ने भावनालाई व्यवहारमा उतार्ने गरी सबैसँग समन्वय गरेर अगाडी बढ्ने योजना समेत रहेको बताउनुभयो । कुनै व्यक्तिगत आश्वासन बाँड्नु मेरो काम नभएको भन्दै मलाई काम गरेर देखाउने हुटहुटी छ त्यसैले इमानदारिता, पारदर्शिता र निष्ठाका साथ जय श्री सामुदायिक वनलाई देशकै एक उत्कृष्ट र आदर्श सामुदायिक वन बनाउन अहोरात्र खट्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

single p1
single p2
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3