single head

नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि शुरु

single post top 1

काठमाण्डौ । नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि शुरु भएको छ ।  तिहारको पहिलो दिन आज धनतेरस र यमदीपदान मनाइँदैछ । विशेषगरी मधेशको प्राचीन मिथिला क्षेत्रमा धनतेरस मनाइन्छ  ।

single p1

पछिल्ला केही वर्षयता काठमाण्डौ उपत्यकासहित देशका अरु ठाउँमा पनि धनतेरस मनाउने चलन शुरु भएको छ । धनतेरसमा बेलुकी घरघरमा दीपमालिका गरी धातुका नयाँ भाँडाकुँडा तथा गरगहना किनेर पूजा गर्ने परम्परा छ ।

single p2

आज धनतेरससँगै यमदीपदान गरिन्छ । त्रयोदशीकै दिन गरिने कागपूजा र धन्वन्तरी जयन्ती भोलि शनिबार परेको छ । पर्सि २२ गते नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा परेको छ ।कात्तिक २३ गते गाईपूजा गरिनेछ भने कात्तिक २४ गते गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ । २४ गतेदेखि नेपाल संवत् ११४७ पनि शुरु हुनेछ ।

यमपञ्चकको अन्तिम दिन अर्थात् कात्तिक २५ गते बुधबार यमद्वितीया तथा भाइटीका मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीकाका लागि बिहान ११ बजेर ७ मिनेटमा उत्तम छ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3