single head

काठमाण्डौ गोर्खाजले नेपाल प्रिमियर लिगमा लगातार दोस्रो जित / विराटनगर किंग्स ९ विकेटको फराकिलो अन्तरले पराजित

single post top 1

काठमाण्डौँ । काठमाण्डौ गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित निकालेको छ । त्रिवि रङ्गशालामा बिहिवार बेलुकी विराटनगर किंग्सलाई ९ विकेटको फराकिलो अन्तरले हराउँदै काठमाण्डौले तेस्रो खेलमा दोस्रो जित दर्ता गरेको हो ।

single p1

विराटनगरले दिएको ८४ रनको सामान्य लक्ष्य काठमाण्डौले ९ ओभर ४ बलमा १ विकेट गुमाएर पूरा गर्‍यो । दोस्रो विकेटका लागि डेभिड वार्नर र विलियम वसिस्टोले ६९ रनको अविजित साझेदारी गरेपछि काठमाण्डौले सहज जित निकालेको हो ।

single p2

वार्नरले ४४ र वसिस्टो २३ रनमा अविजित रहे । वार्नरले २४ बलमा २ चौका र ३ छक्का प्रहार गरे । वसिस्टोले २४ बलमा ३ चौका हाने । त्यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले १८ ओभर ३ बलमा सबै विकेट गुमाएको थियो ।

अहिलेको सिजनमा यो सबैभन्दा कम रन हो । यसअघि पहिलो खेलमा सुदूरपश्चिम रोयल्स लुम्बिनी लायन्ससँग ८७ रनमा अलआउट भएको थियो । विराटनगरका एन्जेलो म्याथ्युज र रुपेश सिंहले ३९ रनको साझेदारी गरे । बसिर अहमदले १० रन जोडे । लोकेश बमले ६, सेहान जयसूर्याले ५ र आन्द्रे रसेलले ३ रन बनाए ।

काठमाण्डौका लागि सन्तोष यादवले ३, करण केसी र सहानले समान २, जहानदाद खान, साहब आलम र देव शाहले समान १ विकेट लिए । ४ अंक बनाएपछि राम्रो रनरेटका आधारमा काठमाण्डौ अंकतालिकाको दोस्रो स्थानमा उक्लेको छ ।

काठमाण्डौसँगै विराटनगर, कर्णाली, जनकपुर र सुदूरपश्चिमको समान ४ अंक छ । लुम्बिनी ७ अंकसहित शीर्ष स्थानमा छ । ३ वटै खेलमा हार व्यहोरेको पोखरा तालिकाको पुछारमा छ । चितवनको ३ अंक छ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3