single head

सुन्दरी सामुदायिक वन उपभोक्ता समूहको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

single post top 1

गैँडाकोट । नवलपुरको गैँडाकोट नगरपालिका वडा नं. १४-१७, अमरापुरीस्थित सुन्दरी सामुदायिक वन उपभोक्ता समूहको ३० औँ वार्षिक साधारण सभा तथा उद्घाटन समारोह बिहिबार भव्य रूपमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष बुद्धिराम गिरीको अध्यक्षता तथा डिभिजन वन कार्यालय कावासोतीका डिभिजनल वन अधिकृत विष्णु प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

single p1

कार्यक्रमको औपचारिक सञ्चालन उद्घोषक संस्थाकी कार्यसमिति सचिव प्रीतिमाया सार्कीले गर्नुभएको थियो। साधारण सभाको अवसरमा वन उपभोक्ता समूहका सदस्यहरूलाई वन प्रवर्द्धन तथा कृषिमा प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न प्रजातिका बीउबिजन समेत वितरण गरिएको छ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष अग्निधर कँडेल, गैँडाकोट नगरपालिका वडा नं. १४ का वडाअध्यक्ष कोकिसरा राना मगर, वडा नं. १५ का वडाअध्यक्ष प्रेमराज तिमिल्सेना, वडा नं. १६ का वडाअध्यक्ष विनोद कुमार मल्ल, वडा नं. १७ का वडाअध्यक्ष गोपि कँडेल लगायतको विशेष आतिथ्यता रहेको थियो।
त्यसैगरी, सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य कमल पराजुली, गण्डकी प्रदेश उपाध्यक्ष खगराज सापकोटा, जिल्ला महासङ्घ नवलपुरका पदाधिकारीहरू, गैँडाकोट सब डिभिजन वन कार्यालयका वन अधिकृत सन्तोष मिश्र, र गैँडाकोट नगर स्तरीय सामुदायिक वन उपभोक्ता महासङ्घकी अध्यक्ष निर्मला कँडेल लगायत विभिन्न सल्लाहकार, पूर्व पदाधिकारी एवं स्थानीय उपभोक्ताहरूको ठुलो सङ्ख्यामा उपस्थिति रहेको थियो।

single p2

साधारण सभामा संस्थाको प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा आगामी कार्ययोजनामाथि छलफल गर्दै वन र वातावरण संरक्षणमा उपभोक्ताहरूको भूमिकाबारे जोड दिइएको थियो। साधारण सभामा संस्थाको प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा आगामी कार्ययोजनामाथि छलफल गर्दै वन र वातावरण संरक्षणमा उपभोक्ताहरूको भूमिकाबारे जोड दिइएको थियो।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3