single head

वडा स्तरीय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा गैडाकोट वडा नम्बर १० ले वडा नम्बर ५ लाई पराजित

single post top 1

गैडाकोट ।  गैडाकोटमा आज बाट शूरु भएको वडा स्तरीय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा गैडाकोट वडा नम्बर १० ले वडा नम्बर ५ लाई पराजित गर्दै विजयी सुरुवात गरेको छ। गैडाकोट वडा नम्बर ९ स्थित नवजागरण ग्रामीण विकास केन्द्रको क्रिकेट रंगशालामा सञ्चालन खेलमा गैडाकोट वडा नम्बर १० ले वडा नम्बर ५ लाई २७ रनले पराजीत गरेको हो।

single p1

नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले अम्पायरलाई बल हस्तान्तरण गरेर गर्नुभएको थियो। उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख अधिकारीले नगरपालिकाले क्रिकेट खेलको विकास र खेलाडीको प्रोत्साहनका लागि सहयोग गर्दै आएको बताउनुभयो। उहाँले क्रिकेट खेलमार्फत आफ्नो नगर, प्रदेश र देशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन खेलाडीहरूलाई आग्रह गर्नुभयो। खेलकुदले युवाको प्रतिभा उजागर गर्नुका साथै नगरको पहिचान स्थापित गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो।
कार्यक्रममा गैँडाकोट नगरपालिकाका उपप्रमुख शान्ति कोइराला, प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदी, विभिन्न वडाका वडाध्यक्षहरू, खेलकुद क्षेत्रका व्यक्तित्व तथा खेलप्रेमीहरूको उपस्थिति रहेको थियो।
गैँडाकोट नगर खेलकुद विकास समितिका अध्यक्ष धामनाथ सापकोटाको अध्यक्षतामा भएको उद्घाटन समारोहको सहजीकरण नगर खेलकुद विकास समितिकी सदस्य डिलकुमारी घिमिरे (दुर्गा) ले गर्नुभएको थियो। प्रतियोगिताको संयोजकमा प्रकाश पौडेल रहनुभएको छ भने गैँडाकोट क्रिकेट क्लब सहआयोजकका रूपमा रहेको छ।

single p2


प्रतियोगिताको विजेता टोलीले नगद ६० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
त्यसैगरी प्लेयर अफ द सिरिजलाई नगद ८ हजार रुपैयाँ, उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरलाई जनही ५÷५ हजार रुपैयाँ तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई एक हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी खेलाडीलाई आयोजकले क्रिकेट प्याड, हेलमेट तथा ब्याटिङका लागि आवश्यक खेल सामग्री उपलब्ध गराउने व्यवस्था गरिएको छ। खेलका क्रममा खेलाडी घाइते भएमा आयोजकले एक लाख बराबरको बिमाको व्यवस्था गरेको छ।
सहआयोजक गैँडाकोट क्रिकेट क्लबका अध्यक्ष दीपक रिमालले प्रतियोगिता कात्तिक ३० गतेसम्म सञ्चालन हुने जानकारी दिनुभयो। उहाँले प्रतियोगिताले स्थानीयस्तरमा क्रिकेट खेलको विकास, प्रतिभावान खेलाडीको पहिचान र खेलकुदप्रतिको आकर्षण बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
१६ टोलीको सहभागितामा सञ्चालन भइरहेको प्रतियोगिताले गैँडाकोटमा क्रिकेट खेलको विकास र वडा तहमा खेलकुद गतिविधि विस्तार गर्न महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3