single head

विकू सहकारीको प्रथम त्रैमासिक व्यवसाय समीक्षा बैठक सम्पन्न, नवजागरण सेवाकेन्द्र उत्कृष्ट

single post top 1

गैँडाकोट । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चालु आर्थिक वर्ष २०८३/०८४ को प्रथम त्रैमासिक व्यवसाय समीक्षा तथा दोस्रो त्रैमासिक रणनीतिक योजना बैठक सम्पन्न भएको छ।
संस्थाको प्रथम त्रैमासिकमा भएका गतिविधि तथा उपलब्धिको समीक्षा गर्दै आगामी दिनमा कारोबार र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले बैठक आयोजना गरिएको हो।

single p1

संस्थाले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक लक्ष्यअनुसार समग्रमा करिब ३५ प्रतिशत उपलब्धि हासिल गरेको जनाएको छ। यसैबीच, सेवाकेन्द्रहरूलाई निर्धारण गरिएको वित्तीय लक्ष्यमध्ये सर्वोत्कृष्ट उपलब्धि हासिल गर्दै नवजागरण सेवाकेन्द्र उत्कृष्ट सेवाकेन्द्र घोषित भएको छ।बैठकमा संस्थालाई वित्तीय रूपमा थप सबल र प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिएको थियो।

single p2

संस्थाका अध्यक्ष प्रेमप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न बैठकको उद्घाटन उहाँले नै गर्नुभएको थियो। कार्यक्रममा उपाध्यक्ष कालिदास गौडेल, सचिव गोविन्द कँडेल र सहसचिव लक्ष्मण शर्माले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। बैठकमा संस्थाको वर्तमान अवस्था, भावी योजना तथा समसामयिक विषयमा प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा विभागीय प्रमुख, इकाई प्रमुख तथा सबै सेवाकेन्द्रका प्रमुखहरूको सहभागिता रहेको थियो।
बैठकमा विभागीय तथा सेवाकेन्द्र प्रमुखहरूले प्रथम त्रैमासिकसम्मको उपलब्धि, आगामी लक्ष्य, योजना, सदस्य सेवा, अवसर, चुनौती र समाधानका उपाय समेटिएका प्रस्तुति राखेका थिए।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3