गैंडाकोट । नेपाली कला तथा सङ्गीत क्षेत्रमा सक्रिय सङ्गीतकार विशाल ढकालको सङ्गीतमा तयार भएका दशैँ र तिहार विशेष दुई बालगीत सार्वजनिक भएका छन्। बालबालिकालाई लक्षित गरी तयार पारिएका दुवै गीतले नेपाली मौलिक चाडपर्व, संस्कृति र उत्सवको उमङ्गलाई समेटेका छन्।
तिहार विशेष ‘बत्तीको रमाइलो’ गीत लेखक तथा कवि प्रकाश सायमीको शब्द रचनामा तयार भएको हो। उक्त गीतमा प्रतिभावान गायक तथा गायिकाहरू प्रदीप ढकाल, सपना रैला अर्याल, समीरा सुनार, रेबिका पण्डित र वसन्त सिलवालले स्वर दिएका छन्।
त्यसैगरी, दशैँ विशेष ‘दशैँ आयो’ गीत कवि तथा लेखक सरला जोशीको शब्द रचनामा तयार भएको हो। सङ्गीतकार विशाल ढकालको सङ्गीत रहेको उक्त गीतमा शुब्रीत दाहाल, आएश्री शर्मा, अबिश्री कँडेल, श्रदा न्यूरे, प्रनिति श्रेष्ठ, शिया खनाल, स्लेबिन पाण्डे, आभास अधिकारी र आइसोर्ना श्रेष्ठले स्वर दिएका छन्।
गीतको भिडियो सम्पादन भूमिलाल पौडेलले गरेका छन ।
नेपाली बालबालिकालाई लक्षित गरी सार्वजनिक गरिएका यी दुवै गीतले दशैँ र तिहारको सांस्कृतिक महत्त्व, रमाइलोपन र बालबालिकाको उत्साहलाई सङ्गीतमार्फत प्रस्तुत गरेका छन्।
चाडपर्वका अवसरमा बालबालिकालाई नेपाली मौलिक संस्कृति र परम्परासँग जोड्ने उद्देश्यले तयार गरिएका गीतले दर्शक तथा श्रोताको मन जित्ने अपेक्षा गरिएको छ। सार्वजनिक भएका दुवै गीत ‘Baalgeetstudiohd’युट्युब च्यानल मार्फत हेर्न सकिनेछ।









