गैँडाकोट । गैँडाकोट नगरपालिकामा आयोजना हुन लागेको आठौँ उपमेयर कप फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ। प्रतियोगिता यहि कात्तिक १३ गतेदेखि गैँडाकोट–११ स्थित भेडाबारी गौचरण खेलमैदानमा सुरु हुने भएको छ।
प्रतियोगिताको उद्घाटन बिहान ११ बजे हुने आयोजकले जनाएको छ। प्रतियोगितालाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न खेलमैदान व्यवस्थापन, खेल सञ्चालन तथा अन्य आवश्यक तयारीका कामलाई तीव्रता दिइएको छ।
स्थानीय स्तरमा फुटबल खेलको विकास गर्ने, खेलाडीको प्रतिभा पहिचान गर्ने तथा युवालाई खेलकुदप्रति आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगिताले स्थानीय खेलाडीलाई आफ्नो खेलकौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै खेलकुदका माध्यमबाट आपसी सद्भाव, एकता र सहकार्य अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न आयोजकले आवश्यक तयारीलाई अगाडि बढाएको प्रतियोगिताको संयोजक दुर्गा घिमिरेले जानकारी दिनुभएको छ। प्रतियोगिताले गैँडाकोट क्षेत्रको खेलकुद विकासमा थप योगदान पु¥याउने विश्वास गरिएको छ।









