single head

रानी केकको छैटौँ शाखा चितवनमा सञ्चालन

single post top 1

चितवन। चितवनको भरतपुर महानगरपालिका–१०, स्याउलीबजार चोकमा ‘रानी केक एन्ड क्याफेको छैटौँ शाखा औपचारिक रूपमा सञ्चालनमा आएको छ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदीको प्रमुख आतिथ्यतामा एक समारोहबीच उक्त शाखाको उद्घाटन गरिएको हो।

single p1

२०७८ फागुन २६ गते स्थापना भएको रानी केकले केक तथा बेकरी उत्पादनलाई प्राथमिकतामा राख्दै ग्राहकहरूलाई ताजा, स्वादिलो र गुणस्तरीय उत्पादन उपलब्ध गराउँदै आएको छ। चितवनको भरतपुर लगायत दाङको तुलसीपुर र घोराही, रूपन्देहीको मणग्राम, बाँकेको नेपालगञ्ज, सुर्खेतमा समेत गरी देशका विभिन्न छ वटा सहरहरूमा सेवा विस्तार गरिसकेको छ।
रानी केकका संस्थापक अध्यक्ष दीपक काफ्लेले यस व्यव

single p2

सायमार्फत युवाहरूलाई रोजगारी, उद्यमशीलता प्रवद्र्धन र सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकता दिएको बताएका छन्। संस्थाको ६ वटा शाखामार्फत हाल ७२ जना कर्मचारीले रोजगारी प्राप्त गरेका छन् भने नयाँ खुलेको चितवन शाखामा मात्रै ७ जनाले रोजगारी पाएका छन्।त्यस्तै, रानी स्किल्समार्फत बरिस्ता तथा बेकरीसम्बन्धी तालिम प्रदान गर्दै युवाहरूलाई आत्मनिर्भर बन्न सहयोग पु¥याउँदै आएको संस्थाले जनाएको छ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3