single head

​स्याङ्जा–नवलपरासी सम्पर्क समाज गैँडाकोटद्वारा शुभकामना आदान–प्रदान तथा बृहत रक्तदान कार्यक्रम सम्पन्न, ६० जनाले गरे रक्तदान ।।

single post top 1

​गैँडाकोट, असोज २५ गते । स्याङ्जा नवलपरासी सम्पर्क समाज तथा विकास प्रतिष्ठान गैँडाकोट नगर समितिको आयोजनामा शुभकामना आदान–प्रदान एवं बृहत् रक्तदान कार्यक्रम आज गैँडाकोटमा भव्यताका साथ सम्पन्न भएको छ। ​स्याङ्जा नवलपरासी सम्पर्क समाज तथा विकास प्रतिष्ठान गैँडाकोट नगर समितिका अध्यक्ष पदमराज काफ्लेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले पानसमा दिप प्रज्वलन गरी गर्नुभएको थियो। ​कार्यक्रमका क्रममा प्रमुख अतिथि नगर प्रमुख अधिकारीले पहिलो रक्तदाता एवं सामाजिक व्यक्तित्व षडानन्द लामिछानेलाई ब्लड ब्याग हस्तान्तरण गर्दै रक्तदान कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो। ​कार्यक्रममा विशिष्ट अतिथिको रुपमा ​स्याङ्जा नवलपरासी सम्पर्क समाज तथा विकास प्रतिष्ठानका जिल्ला अध्यक्ष देवराज भट्टराई, ​जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर पौडेल, ​​गैँडाकोट नगरपालिका वडा नं. २ का वडा अध्यक्ष प्रकाश सापकोटा, ​गैँडाकोट नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष सुभाष चापागाई, समाजका ​संस्थापक जिल्ला अध्यक्ष ऋषिराज कण्डेल लगायतका रहनुभएको थियो । त्यस्तै गरी ​स्याङ्जा नवलपरासी सम्पर्क समाजका संस्थापक नगर अध्यक्ष एवं पूर्व जिल्ला उपाध्यक्ष जनलाल तिवारी, ​इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख, ​नेपाल रक्तदाता संगठन केन्द्रीय स्वास्थ्य विभाग प्रमुख डा. प्रतीक न्यौपाने, ​सामाजिक व्यक्तित्व तथा संस्थाका आजीवन सदस्य षडानन्द लामिछाने , ​नेपाल रेडक्रस आदर्श उपशाखा गैँडाकोटका सचिव दोलराज पाण्डे, ​नेपाल रक्तदाता संगठन चितवनका प्रवक्ता विपिन पाठक, ​रक्त सञ्चार केन्द्रका प्रमुख सुमित्रा पौडेल, समाजका पूर्व सचिव नारायण देव पंगेनी रहनुभएको थियो । ​समाजका उपाध्यक्ष केशव तिवारीले स्वागत मन्तव्य व्यक्त गर्दै उपस्थित सबैमा स्वागत तथा शुभकामना व्यक्त गर्नुभएको उक्त कार्यक्रममा संस्थाको पृष्ठभूमि र सामाजिक गतिविधिका बारेमा आजीवन सदस्य षडानन्द लामिछानेले प्रकाश पार्नुभएको थियो। त्यस्तै, नेपाल रक्तदाता संगठनका केन्द्रीय स्वास्थ्य विभाग प्रमुख डा. प्रतीक न्यौपानेले रत्तदाताको महत्त्व, रक्तदान कसरी गर्ने र यसले स्वास्थ्यमा पुर्‍याउने सकारात्मक प्रभावबारे आफ्नो धारणा राख्नुभएको थियो। कार्यक्रममा उद्घाटन मन्तब्य राख्दै प्रमुख अतिथि नगर प्रमुख मदनभक्त अधिकारीले समाजले सामाजिक उत्तरदायित्वसँग सम्बन्धीत रहेर कार्य गरेकोमा प्रशंसा गर्दै समाजको समाजिक अभियानले हरेक क्षेत्रमा राम्रो प्रभाव पार्ने बताउनुभयो । उहाँले समाजको सामाजिक अभियानलाई सफल बनाउन नगरको तर्फबाट जुनसुकै सहयोग गर्न समेत तयार रहेको भन्दै रक्तदान कार्यक्रमलाई निरन्तरता दिन आग्रह समेत गर्नुभयो । वार्षिक रुपमा शुभकामना कार्यक्रम सँगै रक्तदान कार्यक्रम गर्दै जाने संस्थाको योजना रहेको पनि समाजका सचिव आरसी पोखरेलले बताउनुभयो । बृहत रुपमा आयोजना गरिएको उक्त कार्यक्रममा १२२ औं पटक रक्तदान गर्ने गैंडाकोटका सन्तोष कुमार वाग्लेलाई सम्मान समेत गरिएको थियो । शुभकामना आदान–प्रदान कार्यक्रम पछि आयोजना गरिएको बृहत रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेका थिए । आठ जना महिला र ५२ जना पुरुष गरी जम्मा ६० जनाले रक्तदान गरेको कार्यक्रमको सहजीकरण हिमालदेव पंगेनीले गर्नुभएको कार्यक्रम संयोजक सन्तोष कुमार वाग्लेले जानकारी दिनुभयो ।

single p1
single p2
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3