single head

बिनय त्रिवेणी गाउँपालिका आर्थिक वर्ष २०८२/८३को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

single post top 1

कावासोती । बिनय त्रिवेणी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन तथा कार्यान्वयन गरिएका योजना, कार्यक्रम तथा गतिविधिको वार्षिक समीक्षा गरेको छ।
समीक्षा कार्यक्रममा गाउँपालिकाका विभिन्न विषयगत शाखा तथा वडा कार्यालयहरूले गत आर्थिक वर्षमा सञ्चालन तथा कार्यान्वयन गरेका योजना, कार्यक्रम र गतिविधिका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्रमा शाखा तथा वडाबाट भएका काम, हासिल भएका उपलब्धि, सेवा प्रवाहको अवस्था तथा कार्यान्वयनका क्रममा देखिएका चुनौतीलगायतका विषय समेटिएका थिए।
प्रस्तुत कार्यपत्रमाथि सहभागीहरूबीच छलफलसमेत गरिएको थियो। छलफलका क्रममा गत आर्थिक वर्षमा गाउँपालिकाले हासिल गरेका उपलब्धि, सुधार गर्नुपर्ने पक्ष तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपायका विषयमा समीक्षा गरिएको थियो।

single p1

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष घनश्याम गिरीले गत आर्थिक वर्षको समग्र नतिजा राम्रो र सुधारमुखी रहेको बताउनुभयो। गत वर्षबाट प्राप्त अनुभव र उपलब्धिलाई आधार बनाएर चालु आर्थिक वर्षमा गाउँपालिकाको कार्यसम्पादनलाई अझ सुदृढ र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।अध्यक्ष गिरीले  जनताको आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न उहाँले कर्मचारीहरूलाई आग्रह गर्नुभयो।

single p2

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले वार्षिक समीक्षा केवल विगतका कामको विवरण प्रस्तुत गर्ने कार्यक्रम नभई आगामी कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने आधारका रूपमा लिनुपर्ने बताउनुभयो। उहाँले शाखा तथा वडा कार्यालयबाट प्रस्तुत गरिएका कार्यपत्र र प्रगतिका आधारमा भएका कामको समीक्षा गर्दै कमी–कमजोरी पहिचान गरी आगामी दिनमा सुधार गर्दै जानुपर्नेमा जोड दिनुभयो। बस्नेतले गाउँपालिकाको सेवा प्रवाहलाई प्रभावकारी बनाउन जनप्रतिनिधि र कर्मचारीबीच निरन्तर समन्वय र सहकार्य आवश्यक रहेको बताउँदै नागरिकले अनुभूति गर्ने गरी सेवा प्रवाहमा सुधार ल्याउनुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भगवती वैद्यवार क्षेत्री, वडा नम्बर २ का अध्यक्ष पुष्पा आले मगरसहित अन्य वडाध्यक्ष तथा जनप्रतिनिधि, कार्यपालिका सदस्य, विषयगत शाखाका प्रमुख तथा गाउँपालिकाका कर्मचारीहरूको सहभागिता रहेको थियो।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3