single head

दुर्गा आधारभूत विद्यालयलाई आठ कोठे नवनिर्मित भवन हस्तान्तरण

single post top 1

गैंडाकोट, १६ असोज ।
गैंडाकोट नगरपालिका वडा नं १० पितौजीस्थित दुर्गा आधारभूत विद्यालयको नवनिर्मित आठ कोठे भवन एक औपचारिक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ। गोर्खा ब्रुअरी ९कार्ल्सबर्ग ग्रुप० को सहयोगमा निर्मित उक्त भवनको हस्तान्तरण कार्यक्रम गोर्खा ब्रुअरी काल्र्सवर्गका प्रबन्ध निर्देशक एम डी अरुण अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो। ​कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद खरेलले गोर्खा ब्रुअरीले विद्यालयको भौतिक सुधारका साथै शैक्षिक विकासमा समेत उल्लेख्य योगदान पुर्‍याएको बताउनुभयो। गोर्खा ब्रुअरीको यो सहयोग विद्यालय परिवार र अभिभावकहरूका लागि अविस्मरणीय छ, प्रधानाध्यापक खरेलले भन्नुभयो, भवन निर्माणसँगै विद्यालयको शैक्षिक गुणस्तर अझ उकासिनेमा हामी पूर्ण विश्वस्त छौँ। ​कार्यक्रमका विशिष्ट अतिथि गैंडाकोट नगरपालिकाका नगर शिक्षा अधिकृत रामप्रसाद अधिकारीले भौतिक पूर्वाधारको विकासले विद्यालयको शैक्षिक र वातावरणीय पक्ष सुधार हुनुका साथै स्थानीय सौन्दर्यता समेत बढाउने बताउनुभयो। उहाँले यस्ता सकारात्मक सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गर्नुभयो। ​त्यस्तै, गैंडाकोट वडा नं. १० का वडा अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवीदत्त कँडेलले सुसज्जित र व्यवस्थित भवन पाएपछि विद्यार्थीहरू अत्यन्तै उत्साहीत भएको बताउनुभयो। नयाँ भवनले पठनपाठन र अतिरिक्त क्रियाकलाप सञ्चालनमा सहजता थप्ने भन्दै उहाँले सहयोगी संस्थालाई धन्यवाद ज्ञापन गर्नुभयो। ​कार्यक्रममा गोर्खा ब्रुअरीका सेल्स डाइरेक्टर काजीमान सुब्बा, चितवन रोटरीका पूर्व अध्यक्ष एवं विद्यालय सुदृढीकरण परियोजनाका सदस्य मित्रराज दवाडी, तथा परियोजना संयोजक प्रचण्डलाल प्रधान लगायतले आफ्नो धारणा व्यक्त गर्नुभएको थियो। परियोजनाका समीर जोशीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमको समापन सभाध्यक्ष अरुण अधिकारीले गर्नुभएको थियो। ​उक्त भवन हस्तान्तरण समारोहमा विद्यालयका शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षा प्रेमी तथा स्थानीय समुदायको बाक्लो सहभागिता रहेको थियो। स्थानीयवासीहरूले गोर्खा ब्रुअरीको यस सामाजिक उत्तरदायित्वपूर्ण कार्यको मुक्तकण्ठले प्रशंसा गरेका छन्।

single p1
single p2
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3