single head

दुर्गा आधारभूत विद्यालयमा गोर्खा ब्रुअरीको सहयोगमा आठकोठे भवन निर्माण सम्पन्न

single post top 1

गैंडाकोट । गैंडाकोट–१० स्थित दुर्गा आधारभूत विद्यालयमा गोर्खा ब्रुअरीको आर्थिक सहयोगमा निर्माण गरिएको आठकोठे सुविधा सम्पन्न भवन हस्तान्तरण गरिएको छ।

single p1

विद्यालयमा आयोजित औपचारिक समारोहका बीच नवनिर्मित भवन विद्यालयलाई हस्तान्तरण गरिएको हो। भवन निर्माण सम्पन्न भएसँगै विद्यालयको भौतिक पूर्वाधार थप व्यवस्थित हुनुका साथै विद्यार्थीको पठनपाठनमा सहजता हुने अपेक्षा गरिएको छ।

single p2

हस्तान्तरण कार्यक्रममा विद्यालयले गोर्खा ब्रुअरी, कार्ल्सवर्ग ग्रुपका व्यवस्थापन तथा कर्मचारी, दुर्गा आधारभूत विद्यालय सुदृढीकरण परियोजनाका संयोजक प्रचण्डलाल प्रधान, परियोजना सदस्य मित्रराज दवाडी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा गैंडाकोट–१० का जनप्रतिनिधि देवीदत्त कँडेल लगायत सहयोगी तथा सरोकारवाला हरुलाई धन्यवाद दिएको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ, विद्यालयका विभिन्न समितिका पदाधिकारी, समाजसेवी, शुभचिन्तक, शिक्षक,जिल्ला उद्योग बाण्ज्यि संघ गैडाकोटका महासचिव माधव प्रसाद सापकोटा, पञ्चकन्याका प्रतिनिधि मुकेश, कन्सल्टेन्ट इन्जिनियर सत्यराज पाण्डे तथा क्याराभानका प्रतिनिधि उत्तम अधिकारी र बसन्त बराल लगायतको उपस्थिति रहेको थियो।कार्यक्रमको सहजिकरण बिद्यालयका प्रधानध्यापक कृष्ण प्रसाद खरेलले गर्नुभएको थियो ।

विद्यालयले भवन निर्माणमा सहयोग गर्ने गोर्खा ब्रुअरीसहित सम्पूर्ण सहयोगी तथा शुभचिन्तकप्रति आभार व्यक्त गरेको छ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3