single head

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

single post top 1

गैँडाकोट । भोटेकोशी क्षेत्रमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको सहयोगार्थ गैँडाकोट–२ स्थित अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेन्टले ५ लाख ५ हजार रुपैयाँ राहत रकम उपलब्ध गराउने भएको छ।
कलेजले विद्यार्थी, प्राध्यापक, शिक्षक तथा कर्मचारीबाट संकलित रकममा कलेजको तर्फबाट थप रकम समेत जुटाएर प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्न लागेको हो।
भोटेकोशी बाढीपीडितलाई  विद्यार्थीहरूबाट ३६ हजार ६ सय रुपैयाँ, प्राध्यापक, शिक्षक तथा कर्मचारीबाट २ लाख ३७ हजार ५ सय २४ रुपैयाँ र कलेजको तर्फबाट २ लाख ३० हजार ७ सय ३६ रुपैयाँ गरी कुल ५ लाख ५ हजार रुपैयाँ संकलन भएको कलेजले जनाएको छ ।
नवलपुर १ का सांसद राजन गौतमले“भोटेकोशी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि अक्सफोर्ड कलेजले विद्यार्थी, प्राध्यापक, शिक्षक तथा कर्मचारीको सहभागितामा संकलन गरेको ५ लाख ५ हजार रुपैयाँ सहयोग अत्यन्तै प्रशंसनीय रहेको बताउनुभयो । सांसद गौतमले“ कलेज परिवारले देखाएको यो सहयोग र ऐक्यबद्धताले विपद्मा परेका परिवारलाई राहत पुग्नुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिएको बताउनुभयो ।”

single p1

त्यस्तै, अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेन्टका प्राचार्य प्रोफेसर डा. ई. हरि भण्डारीले “भोटेकोशी बाढीबाट प्रभावितका लागि कलेज परिवारले सहयोग अभियान सञ्चालन गरेर विद्यार्थी, प्राध्यापक, शिक्षक तथा कर्मचारीबाट प्राप्त सहयोगमा कलेजको तर्फबाट समेत रकम थप गरी प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको बताउनुभयो ।

single p2

कलेजले विपद्का बेला पीडित परिवारको दुःखमा साथ दिनु र सामाजिक उत्तरदायित्व निर्वाह गर्नु सबैको साझा दायित्व भएको जनाएको छ। कलेज परिवारको सामूहिक सहभागिताबाट संकलित सहयोगले विपद्मा परेका नागरिकप्रति मानवीय ऐक्यबद्धताको सन्देश दिने विश्वाससमेत व्यक्त गरिएको छ।
कलेजले भोटेकोशी बाढीबाट प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गर्दै उनीहरूको शीघ्र पुनःस्थापना र सामान्य जीवनमा फर्कने वातावरण निर्माणका लागि शुभकामना दिएको छ ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3