गैँडाकोट । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत तथा उद्धारका लागि सामुदायिक बन उपभोक्ता महासंघ नेपाल स्थानीय महासंघ गैँडाकोटले आर्थिक सहयोग गरेको छ।
महासंघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको हो। बाढीबाट प्रभावित नागरिकलाई राहत पु¥याउने उद्देश्यले उक्त रकम सहयोग गरिएको महासंघले जनाएको छ।
सामुदायिक वन उपभोक्ता महासंघ स्थानीय महासंघ गैँडाकोटकी अध्यक्ष निर्मला कँडेलले विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु सामाजिक संस्थाहरूको दायित्व भएको बताउनुभयो । उहाँले भन्नुभयो, “भोटेकोशी बाढीबाट प्रभावित परिवारको पीडामा हाम्रो सानो सहयोगले पनि केही राहत पुग्ने विश्वास लिएका छौँ। विपद्को समयमा सबैले आफ्नो क्षमता र सामथ्र्यअनुसार सहयोग गर्न आवश्यक छ।”
अध्यक्ष कँडेलले राहत र पुनःस्थापनाका लागि अझै सहयोग आवश्यक रहेकाले सामाजिक संघसंस्था तथा समुदायलाई मानवीय भावनाका साथ सहयोगमा जुट्न आग्रह गर्नुभयो ।
महासंघको सहयोगले विपद्को समयमा सामुदायिक वन क्षेत्रसँग जोडिएका संस्थाहरूले समेत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाएका छन्।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सामुदायिक वन उपभोक्ता महासंघ गैँडाकोटको २१ हजार १ सय ११ रुपैयाँ सहयोग








