गैँडाकोट । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि गैँडाकोट नगरपालिका–१ स्थित शुभ टोल महिला विकास समूहले आर्थिक सहयोग गरेको छ।
समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३४ हजार ५ सय ६५ रुपैयाँ सहयोग गरेको हो। विपद्को समयमा पीडित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले समूहका सदस्यहरूबाट रकम संकलन गरी सहयोग गरिएको जनाइएको छ ।
शुभ टोल महिला विकास समूहकी अध्यक्ष नारायणी देवी पराजुलीले विपद्को समयमा सबैले आफ्नो क्षमता र सामथ्र्यअनुसार सहयोग गर्नुपर्ने बताउनुभयो।
अध्यक्ष पराजुलीले सामाजिक उत्तरदायित्व बहन गर्दै विपद्मा परेका नागरिकको सहयोगका लागि समूहले सक्दो सहयोग गर्ने बताउनुभयो ।
शुभ टोल महिला विकास समूहको यो सहयोगले विपद्को समयमा स्थानीय महिला समूहले देखाएको सामाजिक उत्तरदायित्व र मानवीय भावनालाई समेत प्रतिबिम्बित गरेको छ।
भोटेकोशी बाढीपीडितका लागि शुभ टोल महिला विकास समूहको ३४ हजार ५ सय ६५ रुपैयाँ सहयोग








