spot_img

Tuesday, June 23, 2026

प्रथम पालिकास्तरीय अन्डर १६ पुरुष,महिला फुटबल प्रतियोगितामा गैडाकोट नगरपालीकाको विजय शुरुवात

गैडाकोट । प्रथम पालिकास्तरीय अन्डर १६ पुरुष,महिला फुटबल प्रतियोगितामा गैडाकोट नगरपालीकाको छात्र,छात्रा टिमले विजय शुरुवात गरेको छ ।
नवलपुरको चोरमाराडफ चलिरहेको पुरुष यु १६ प्रतियोगितामा गैडाकोट नगरपालीकाले त्रिवेणी गाउपालीकालाई हराएको हो । खेलको समय अवधिमा
२-२ गोलको बराबरी भएपछि खेल ट्राईब्रेकरमा गएको थियो ट्राईब्रेकरमा गैडाकोट नगरपालीका पुरुष यु १६ टिम ४-३ गोल अन्तरले विजयी भएको छ ।
तेस्तै महिला फुटबलमा गैडाकोट नगरपालीकाले त्रिवेणी गाउपालीकालाई हराएको छ । महिला यु-१६ फुटबल प्रतियोगीतामा ४-0 गोल अन्तरले गैडाकोट नगरपालिका विजयी भएको हो ।
जिल्ला खेलकुद विकास समिति नवलपुरको आयोजना,चोरमारा युवा क्लबको व्यवस्थापन र प्रदेश खेलकुद परिषद गण्डकीको प्रवर्द्धनमा चोरमारा रंगशालामा प्रतियोगिता संचालन भइरहेको छ । प्रतियोगिताको प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले समुदघाटन गर्नुभएको थियो । गैडाकोट नगरपालीका नगर खेलकुद सदस्य एवम् संयोजक गैरब प्रताप गुरुङ,टिम कोच बिबेक श्रेष्ठले खेलाडीहरुको ब्यबस्थापन गर्नुभएको छ ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :