single head

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीको निःशुल्क आँखा शिविरबाट २ सय ४५ जना लाभान्वित

single post top 1

गैँडाकोट । लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीको आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । क्लबले मङ्गलबार गैँडाकोट-१ मा आयोजना गरेको बृहत् निःशुल्क आँखा शिविरबाट २ सय ४५ जना लाभान्वित भएका छन् ।गैँडाकोट-१ स्थित नवदुर्गा आधारभूत विद्यालय परिसरमा सञ्चालन गरिएको उक्त शिविर नेपाल नेत्र ज्योति संघ, भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न भएको हो । शिविरमा नेत्र सहायक नवीन शाक्यको टोलीले सहभागीहरूको आँखा परीक्षण गरेको थियो । परीक्षणका क्रममा २ सय ४५ जनामध्ये १९ जनामा मोतियाबिन्दु समस्या देखिएको नेत्र सहायक शाक्यले जानकारी दिनुभयो । शिविरमा भेटिएका मोतियाबिन्दुको बिरामीको शल्यक्रिया भरतपुर आँखा अस्पतालमा निःशुल्क गरिनेछ ।

single p1

कार्यक्रममा AOG भोजराज भुसाल (अनमोल)ले क्लबबाट सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा विपन्नहरूको लागि सामाजिक कार्य, स्वास्थ्यका क्षेत्रमा कार्य गर्दै आएको  मन्तव्यमार्फत  जानकारी दिनुभयो ।

single p2

कार्यक्रममा  गैँडाकोट वडा नं १ का वडा अध्यक्ष सुरेन्द्र प्रसाद रेग्मीले क्लबले वडामा स्वास्थ्यसम्बन्धी कार्यक्रम राखेर राम्रो गरेको बताउनुभयो । वडा अध्यक्ष रेग्मीले क्लबले  जनतामा समर्पित सामाजिक कामहरू  भविष्यमा गर्न पनि आग्रह गर्नुभयो ।

विभिन्न सामाजिक कार्य गर्दै आइरहेको लायन्स क्लब अफ गैंडाकोट कालीगण्डकीले जनस्वास्थ्यको क्षेत्रलाई  प्राथमिकतामा राखेर काम गरिरहेको लायन्स क्लब अफ गैंडाकोट कालीगण्डकीका निर्वाचित अध्यक्ष लायन देवीप्रसाद गौतमले बताउनुभयो ।

कार्यक्रममा शिक्षाप्रेमी तथा समाजसेवी देवराज पौडेल, केशवप्रसाद ढकाल, लायन्स क्लब अफ गैंडाकोट कालीगण्डकीका पूर्व अध्यक्ष रमेश ढकाल, छवि खराल, टंक चापगाईं, संस्थाका कार्यसमिति, लायनकर्मी, टोल विकास संस्थाका सदस्य ,समाजसेवी, बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो।

संस्थाका पूर्वअध्यक्ष कृष्ण कडेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण संस्थाका द्वितीय अध्यक्ष  संजय बन्जाराले गर्नुभएको थियो।लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीले  व्हीलचेयर वितरण, न्यानो कपडा वितरण, स्टेस्नरी वितरण, स्वास्थ्य शिविर लगायत सामाजिक कार्यहरु गर्दै आइरहेको छ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3