single head

गैँडाकोटमा गैँडाकोट फिटनेस हब” सञ्चालनमा

single post top 1

गैँडाकोट। गैँडाकोट नगरपालिका वडा नं. ४ मा आधुनिक सुविधासहित “गैँडाकोट फिटनेस हब” सञ्चालनमा आएको छ।

single p1

स्थानीय युवा उद्यमी भाष्कर क्षेत्री र तुलबहादुर गुरुङको करिब १ करोड रुपैयाँको लगानीमा जिम सञ्चालनमा ल्याइएको हो। सञ्चालकमध्येका क्षेत्रीले लामो समयदेखि फिटनेस क्षेत्रमा अनुभव हासिल गरेको र प्रशिक्षकका रूपमा समेत काम गरेको बताउँदै स्वदेशमै केही गर्ने उद्देश्यले जिम स्थापना गरिएको जानकारी दिनुभयो।

single p2

फिटनेस हबमा अत्याधुनिक उपकरणहरू जडान गरिएका छन्। हालसम्म ५० लाख रुपैयाँभन्दा बढी लगानी भइसकेको सञ्चालकले जनाएका छन्। जिममार्फत शारीरिक तन्दुरुस्ती अभिवृद्धि गर्दै स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।

यसैबीच, निकट भविष्यमा थप सुविधा सम्पन्न नयाँ भवन निर्माण गर्ने योजना रहेको छ। नयाँ भवनमा कार्डियो, एरोबिक्स, जुम्बा लगायतका सेवाहरू विस्तार गरिने जनाइएको छ। कुल लगानी करिब १ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ। उक्त फिटनेस हबको उद्घाटन वडा अध्यक्ष तेजप्रसाद घिमिरेले गर्नुभयो।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3